नुवाकोटसहित तीन प्रदेशका ३२ जिल्लामा २ वर्षभित्रै द्रुत गतिको इन्टरनेट सेवा,पौने ५ अर्बको प्रस्ताव

नेपाल टेलिकमले मध्यपहाडी लोकमार्गलाइ केन्द्रित गरेर तीन प्रदेशका ३२ जिल्लामा पुर्याउने गरी अप्टिकल फाइबर बिछ्याउने प्रस्ताव माग गरेको छ ।
टेलिकमले प्रदेश नम्बर १, २ र ३ आसपासका जिल्ला सदरमुकाम र नगरपालिका तथा गाउँपालिकासम्म इन्टरनेट पुराउने गरी प्रस्ताव माग गरेको छ ।टेलिकमले करिब दुई बर्ष अगाडि नेपाल दूरसञ्चार प्राधिकरणसँग गरेको सहमति अनुसार अप्टिकल फाइबर बिछ्याउने गरी प्रस्ताव माग गरेको हो । टेलिकमले प्राधिकरणसँग १२ असोज २०७३ मा गरेको गरेको सम्झौता अनुुसार ग्रामिण दूरसञ्चार विकास कोषको रकमबाट अप्टिकल फाइबर बिछ्याउँने भएको छ ।
प्राधिकरणका प्रवत्ता मीनप्रसाद अर्यालका अनुसार टेलिकमले गरेको सहमति अनुसार ४ अर्ब ८८ करोड (करिब पौने पाँच अर्ब) रुपैयाँ नबढ्ने गरी अप्टिकल फाइबर बिछ्याउँनु पर्ने छ । सोही रकमको परिधिभित्र रहेर टेलिकमले भर्खरै ग्लोबल टेण्डर आव्हान गरेको पनि उनले बताए ।
लामो समय टेलिकमले प्राविधिक कारण देखाएर अगाडि बढाउन नसकेको यो कामले अब भने गति लिने भएको छ । प्राधिकरणले टेलिकमलाई दिएको यो रकमबाट अब तोकिएका जिल्ला र जिल्लाका सरकारी विद्यालय, स्वास्थ्यचौकी र स्थानीय निकायको कार्यालयसम्म तीब्र गतिको इन्टरनेट पहुँच पुग्ने भएको छ ।
टेलिकमले मागेको यस्तो ग्लोबल टेण्डरमा मध्यपहाडी लोकमार्गलाई केन्द्रविन्दू बनाएर अप्टिकल फाइबर बिछ्याउन प्रदेश नम्बर १ देखि ३ सम्म मुख्य नेटवर्कको लागि २ वटा र जिल्ला सदरमुकामबाट वितरण गर्ने अर्को अप्टिकल फाइबरको लागि प्रदेश अनुसारकै तीन वटा गरी ५ वटा प्याकेजको प्रस्ताव एकैपटक मागेको छ ।
टेलिकमले मध्यपहाडी लोकमार्ग भएर बिस्तार गरिने मुख्य सूचना राजमार्गका लागि मागेको २ वटा प्योकजमा हरेकेको ८० हजार रुपैयाँ र अन्य जिल्ला सदरमुकाबाट विस्तार गरिने अप्टिकल फाइबरका लागि हरेक प्याकेजको ७५ हजार रुपैयाँ टेण्डर दस्तुर तोकेको छ । टेलिकमले मागको प्रस्तावको विवरण र प्रस्ताव डकुमेन्टसम्बन्धि जानकारी वेबसाइटबाट हेर्न सकिने छ ।
टेलिकमको मागको यस्तो प्रस्तावमा प्रदेश तीनमा नुवाकोट, रसुवा, काभ्रे, सिन्धुपाल्चोक, रामेछाप, दोलखा, धादिङ, मकवानपुर, ओखलढुंगा, सोलुखुम्बु र सिन्धुलीमा फाइबर विस्तार गरेर तीब्रा गतिको इन्टरनेट पुराइने छ । टेलिकमले अबको दुई वर्षमै तोकिएका जिल्लाका गाउँगाउँसम्म इन्टरनेट पुराउने भएको छ ।
प्रदेश एकको इलाम, झापा, पाँचथर, ताप्लेजुङ, धनकुटा, संखुवासभा, सुनसरी, मोरङ उदयपुर, खोटाङ, तेह्रथुम र भोजपुर जिल्लामा फाइबर विस्तारको काम हुने छ । प्रदेश दुईमा सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, चितवनमा फाइबर विस्तार हुने छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












अब दुई दिन सरकारी बिदा
नुवाकोटमा स्कुटर र्दुघटना हुँदा एक जनाको मृत्यु
रेग्मीको ‘अक्षरमा अनुभूति’ मुक्तक संग्रह लोकार्पण
कलाकार सागर लम्साल (बले) पक्राउ
आज धेरै ठाउँमा हावाहुरीको सम्भावना





प्रतिक्रिया