नुवाकोटसहित तीन प्रदेशका ३२ जिल्लामा २ वर्षभित्रै द्रुत गतिको इन्टरनेट सेवा,पौने ५ अर्बको प्रस्ताव

विदुर खबर २०७५ भदौ ६ गते ७:१२

Advertisement

नेपाल टेलिकमले मध्यपहाडी लोकमार्गलाइ केन्द्रित गरेर तीन प्रदेशका ३२ जिल्लामा पुर्याउने गरी अप्टिकल फाइबर बिछ्याउने प्रस्ताव माग गरेको छ ।

टेलिकमले प्रदेश नम्बर १, २ र ३ आसपासका जिल्ला सदरमुकाम र नगरपालिका तथा गाउँपालिकासम्म इन्टरनेट पुराउने गरी प्रस्ताव माग गरेको छ ।टेलिकमले करिब दुई बर्ष अगाडि नेपाल दूरसञ्चार प्राधिकरणसँग गरेको सहमति अनुसार अप्टिकल फाइबर बिछ्याउने गरी प्रस्ताव माग गरेको हो ।  टेलिकमले प्राधिकरणसँग १२ असोज २०७३ मा गरेको गरेको सम्झौता अनुुसार ग्रामिण दूरसञ्चार विकास कोषको रकमबाट अप्टिकल फाइबर बिछ्याउँने भएको छ ।

Advertisement

प्राधिकरणका प्रवत्ता मीनप्रसाद अर्यालका अनुसार टेलिकमले गरेको सहमति अनुसार ४ अर्ब ८८ करोड (करिब पौने पाँच अर्ब) रुपैयाँ नबढ्ने गरी अप्टिकल फाइबर बिछ्याउँनु पर्ने छ । सोही रकमको परिधिभित्र रहेर टेलिकमले भर्खरै ग्लोबल टेण्डर आव्हान गरेको पनि उनले बताए ।

लामो समय टेलिकमले प्राविधिक कारण देखाएर अगाडि बढाउन नसकेको यो कामले अब भने गति लिने भएको छ । प्राधिकरणले टेलिकमलाई दिएको यो रकमबाट अब तोकिएका जिल्ला र जिल्लाका सरकारी विद्यालय, स्वास्थ्यचौकी र स्थानीय निकायको कार्यालयसम्म तीब्र गतिको इन्टरनेट पहुँच पुग्ने भएको छ ।

Advertisement

टेलिकमले मागेको यस्तो ग्लोबल टेण्डरमा मध्यपहाडी लोकमार्गलाई केन्द्रविन्दू बनाएर अप्टिकल फाइबर बिछ्याउन प्रदेश नम्बर १ देखि ३ सम्म मुख्य नेटवर्कको लागि २ वटा र जिल्ला सदरमुकामबाट वितरण गर्ने अर्को अप्टिकल फाइबरको लागि प्रदेश अनुसारकै तीन वटा गरी ५ वटा प्याकेजको प्रस्ताव एकैपटक मागेको छ ।

टेलिकमले मध्यपहाडी लोकमार्ग भएर बिस्तार गरिने मुख्य सूचना राजमार्गका लागि मागेको २ वटा प्योकजमा हरेकेको ८० हजार रुपैयाँ र अन्य जिल्ला सदरमुकाबाट विस्तार गरिने अप्टिकल फाइबरका लागि हरेक प्याकेजको ७५ हजार रुपैयाँ टेण्डर दस्तुर तोकेको छ । टेलिकमले मागको प्रस्तावको विवरण र प्रस्ताव डकुमेन्टसम्बन्धि जानकारी वेबसाइटबाट हेर्न सकिने छ ।

टेलिकमको मागको यस्तो प्रस्तावमा प्रदेश तीनमा नुवाकोट, रसुवा, काभ्रे, सिन्धुपाल्चोक, रामेछाप, दोलखा, धादिङ, मकवानपुर, ओखलढुंगा, सोलुखुम्बु र सिन्धुलीमा फाइबर विस्तार गरेर तीब्रा गतिको इन्टरनेट पुराइने छ । टेलिकमले अबको दुई वर्षमै तोकिएका जिल्लाका गाउँगाउँसम्म इन्टरनेट पुराउने भएको छ ।

प्रदेश एकको इलाम, झापा, पाँचथर, ताप्लेजुङ, धनकुटा, संखुवासभा, सुनसरी, मोरङ उदयपुर, खोटाङ, तेह्रथुम र भोजपुर जिल्लामा फाइबर विस्तारको काम हुने छ । प्रदेश दुईमा सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, चितवनमा फाइबर विस्तार  हुने छ ।

 

प्रतिक्रिया