चुनावमा गठबन्धन गर्नु हाम्रो प्राथमिकता होइन : डा.महत

विदुर खबर २०७८ चैत ५ गते १७:३३

नुवाकोट । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले नेपाली कांग्रेसको प्राथमिकता चुनावमा गठबन्धन गर्नु नभएको बताएका छन् ।

Advertisement

नेपाल प्रेस युनियन बाँके शाखाले शनिवार आयोजना गरेको कार्यक्रममा बोल्दै डा. महतले पार्टीलाई कसरी आगामी निर्वाचनमा जिताउने भन्ने विषयलाई केन्द्रमा राखेको बताएका । कांग्रेसले सबैभन्दा बढी सिट कसरी हासिल गर्छ त्यही सोचेर अगाडि बढ्ने नीति अख्तियार गर्ने समेत उनले बताए ।

डा.महतले सत्तारुढ गठबन्धनका बारेमा कांग्रेसलाई जे गर्दा फाइदा हुन्छ त्यसैअनुसार निर्णय लिने जोड दिए । उनले भने, ‘हामीलाई गठबन्धन गर्दा फाइदा हुन्छ कि नगर्दा त्यो विश्लेषण गर्छौं, भावनामा बगेर मात्र भएन, पार्टीलाई फाइदा हुने गरी निर्णय लिन्छौं ।’ उनले आगामी केन्द्रीय कमिटीको बैठकले यसबारे निर्णय लिने पनि स्पष्ट पारे ।

Advertisement

प्रवक्ता डा.महतले कांग्रेसले चैतभित्रै उम्मेदवारको टुंगो लगाउने दावी गर्दै भने, ‘हामी यसपटक समयमै उम्मेदवारहरूको टुंगो लगाएर निर्वाचनमा होमिन्छौं, अघिल्ला निर्वाचन जस्तो अन्तिम समयमा आएर निर्णय लिने काम यो पटक हुँदैन, चैतभित्रै उम्मेदवार टुंग्याउँछौं ।’

उनले निर्वाचन केन्द्रित ‘घर घर जाऔं, कांग्रेस जिताऔं’ अभियानलाई सफल बनाउन नेता कार्यकर्तालाई जनताको घरघरमा पुग्न आह्वान पनि गरे । उनले भने, ‘तपाईंहरू घर–घर जाऔं, कांग्रेस जिताऔं अभियान बोकेर जनताको घरदैलोमा जानुहोस्, अहिले चुनावी गठबन्धन हुन्छ कि हुँदैन भन्ने कुरामा भन्दा पार्टीलाई कसरी आगामी निर्वाचनमा जिताउन सकिन्छ भनेर लाग्नुस्, विपक्षी दलको दुष्प्रचार र गल्तीहरूको बारेमा बोल्नुस्, एमसीसीका बारेमा फैलाइएको भ्रम चिर्नुस् ।’

Advertisement

उनले उनले जित्ने गरी उम्मेदवार बनाउने कुरामा जोड दिँदै भने ‘यसपटक जित्ने मान्छेलाई मात्र उम्मेदवार बनाइने छ । मेरो–तेरो या यो गुट–त्यो गुट भन्ने हुँदैन, जसले जित्ने देखिन्छ, उसैलाई पार्टीले उम्मेदवार बनाउँछ ।’

प्रतिक्रिया