नुवाकोटको दुप्चेश्वर गाउँपालिका प्रमुखमा कांग्रेसबाट आधा दर्जन आकांक्षी
नुवाकोट । स्थानीय तहको निर्वाचन नजिकिएसँगै नुवाकोटको दुप्चेश्वर गाउँपालिकामा पनि चुनावी माहोल बढ्न थालेको छ ।

विभिन्न राजनीतिक दलका नेता–कार्यकर्ता यतिबेला गाउँतिर केन्द्रित हुन थालेका छन् । नेपाली कांग्रेसको प्रभाव मानिने दुप्चेश्वरमा विभिन्न राजनीतिक दलबाट पालिकाप्रमुख (अध्यक्ष)को आकांक्षीको रूपमा विभिन्न व्यक्तिहरुको नाम बाहिर आउन थालेको छ । सो क्रममा नेपाली कांग्रेसको तर्फबाट गाउँपालिका प्रमुखका लागि आधा दर्जन आकांक्षीहरू देखिएका छन् ।
वर्तमान गाउँपालिका प्रमुखदेखि पार्टीको विभिन्न जिम्मेवारीमा रहेकाहरू समेत आगामी स्थानीय तहको निर्वाचनमा आकांक्षीको रूपमा अगाडि आएका हुन् ।
के छ आकांक्षीहरूको विगत ?
योविन्द्रमान सिंह तामाङ
नेपाली कांग्रेसको तर्फबाट दुप्चेश्वरको निर्वाचित गाउँपालिका प्रमुख हुन्, योविन्द्रमान सिंह । तामाङ आगामी स्थानीय तहको निर्वाचनमा दुप्चेश्वरबाट प्रमुखको स्वाभाविक उम्मेदवार मानिन्छन् । पार्टीको विभिन्न तहमा रहेर काम गरेका नेता तामाङ हाल नेपाली कांग्रेस जिल्ला कार्यसमिति नुवाकोटका निर्वाचित जिल्ला सदस्य हुन् ।
त्यसो त पार्टीको १३औँ महाधिवेशनमा समेत जिल्ला सदस्य बनेका थिए तामाङ । निर्वाचनका मिति नजिकिँदै जाँदा उनले आफ्नो तर्फबाट तयारीलाई तीव्र बनाएका छन् । तामाङ जिल्लाका संस्थापनपक्षका कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महत र केन्द्रीय सदस्य बहादुरसिंह लामानिकट मानिन्छन् ।
सरोज केसी
आगामी स्थानीय तहको निर्वाचनमा दुप्चेश्वरबाट गाउँपालिकाप्रमुखको आकांक्षीको रूपमा आएको अर्को नाम हो, सरोज केसी ।
विद्यार्थी राजनीति हुँदै पार्टीको राजनीतिमा आएका केसी २०५५ तिरबाट राजनीतिमा सक्रिय छन् । पार्टीको १४औँ महाधिवेशनमा नेता केसी नुवाकोट क्षेत्र नं १ प्रदेश ‘क’ बाट सभापतिको उम्मेदावारको प्रत्यासी रहेका थिए।
विद्यार्थी राजनीति गर्दा २०६२ सालमा मनोहरा क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको सभापति समेत बनेका केसी लाइन्स क्लबमा समेत आबद्ध छन् । उनी लामो समयदेखि पूर्वमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजुननरसिंह केसीको स्वकीय सचिवको रूपमा रहेका छन् । निर्वाचनको मिति नजिकिएसँगै केसीले भेटघाट र छलफललाई तीव्रता दिएका छन् ।
रोजलाल मोक्तान
दुप्चेश्वर गाउँपालिकामा गाउँकेन्द्रित राजनीतिमा सक्रिय छन्, रोजलाल मोक्तान । आगामी स्थानीय तहको निर्वाचनमा गाउँपालिकाबाट प्रमुखको आकांक्षीको रूपमा मोक्तानको नाम समेत अगाडि आएको छ ।
पार्टीको विभिन्न जिम्मेवारीमा रहेर काम गरेका नेता मोक्तान हाल दुप्चेश्वर कांग्रेसका सभापति समेत हुन् । पार्टीको १४औँ महाधिवेशनबाट सर्वसम्मत कांग्रेस नगरसभापति बनेका हुन् । मोक्तान जिल्लाको राजनीतिमा पूर्वमन्त्री एवं नेपाली कांग्रेसको केन्द्रीय सदस्य अर्जुननरसिंह केसीनिकट मानिन्छन् ।
शुशील खड्का
आगामी स्थानीय तहको निर्वाचनमा दुप्चेश्वर गाउँपालिकाबाट मेयरको आकांक्षीको रूपमा अघि आएको अर्को नाम हो, शुशील खड्का । नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट नुवाकोट क्षेत्र नं १ प्रदेश (क)का सभापति बनेका छन् खड्का ।
नेपाली कांग्रेस नुवाकोटका पुराना राजनीतिज्ञ भद्रबहादुर खड्काका नाति समेत रहेका खड्का राजनीतिसँगै व्यवसायमा पनि आबद्ध छन् ।
मुख्यतः कार्गो व्यवसायमा आबद्ध खड्का पूर्वअर्थमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. रामशरण महतनिकट मानिन्छन् । स्थानीय तहको निर्वाचनको मिति नजिकिएसँगै खड्काले पनि भेटघाट र छलफललाई तीव्रता दिएका छन् ।
कृष्ण कुइँकेल
दुप्चेश्वरबाट गाउँपालिकाप्रमुखको लागि कांग्रेसबाट चर्चामा आएको अर्को नाम हो, कृष्ण कुइँकेल । पार्टीका विभिन्न जिम्मेवारीमा रहेर काम गरेका कुइँकेल नेपाली कांग्रेस नुवाकोटका पूर्वप्रवक्ता समेत हुन् ।
पार्टीको १२औँ र १४औँ महाधिवेशनमा महाधिवेशन प्रतिनिधि समेत बनेका कुइँकेलले राजनीतिको सुरुवात कांग्रेसबाट गरे पनि पछि केही समय अन्य राजनीतिक दलमा गाँसिन पुगेका थिए । डा. बाबुराम भट्टराईले खोलेको नयाँ शक्ति पार्टीको जिल्ला अध्यक्ष हुँदै केन्द्रीय सदस्य समेत बनेका उनी पुनः कांग्रेसमा नै फर्किएका छन् ।
जिल्लाका सबै नेताहरूसँग उत्तिकै राम्रो सम्बन्ध रहेको उनी निकटहरूले बताउँछन् । हाल पूर्वमन्त्री समेत रहेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंक केसीनिकट मानिने कुइँकेललाई डा. रामशरण महतको पनि उत्तिकै राम्रो साथ रहेको छ ।
नरेश तामाङ
नरेश तामाङ नेपाली कांग्रेस दुप्चेश्वरका पुराना राजनीतिज्ञ हुन् । आगामी स्थानीय तहको निर्वाचनमा उनको नाम समेत गाउँपालिकाप्रमुखको रूपमा अगाडि आएको छ ।
पार्टीको १४औँ महाधिवेशनमा प्रदेश प्रतिनिधि बनेका उनी पूर्वमन्त्री तथा कांग्रेस केन्द्रीय सदस्य अर्जुननरसिंह केसीनिकट मानिन्छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













केन्द्रीय कारागार जाने बाटो पुनर्निर्माण हुँदै
जेन–जी आन्दोलनमा बागमती प्रदेशमा ९० करोडको क्षति
अमेरिकासँग नेपालको १०६ रनको लज्जासपद हार
कांग्रेस सभापतिमा तीन नेताबीच तीव्र प्रतिस्पर्धा
आजको मौसम : दुई प्रदेशमा हल्का वर्षाको सम्भावना





प्रतिक्रिया