सूर्यगढीमा चैत १० गतेदेखि पितृ मुक्ति ज्ञान महायज्ञ हुने
विदुर खबर
२०७८ चैत १ गते ११:२२

नुवाकोट । नुवाकोटको सूर्यगढी गाउँपालिका वडा नम्बर ५ मा आगामी चैत्र १० गतेदेखि पतृ मुक्ति ज्ञान महायज्ञ आयोजना हुने भएको छ ।

माछापोखरी स्थित चोगते दोभानमा हुने पतृ मुक्ति ज्ञान महायज्ञ २०७२ सालको महाभूकम्पमा परी ज्यान गुमाएका व्यक्तिहरुको सम्झनामा गर्न लागिएको जोशिला युवा क्लबका अध्यक्ष अच्युत ढकालले जानकारी दिए ।

महायज्ञको कथा वाचकमा वाल व्यास ज्योतिष पण्डित शंकर प्रसाद खनाल रहेका छन् । ‘पितृ मुक्ति ज्ञान महायज्ञ(२०७८’ कालागि मञ्च, धान्याञ्चल, तुलादान, हवन लगायतका भौतिक निर्माण लगायत सम्पूर्ण तयारी पुरा भएको मूल समितिका संयोजक राज कपुर नेपालले विदुर खबरलाई बताए ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया