नुवाकोटमा पोष्टबहादुर बोगटीको सालिक अनावरण
नुवाकोट । नुवाकोटको विदुर नगरपालिका ५ मा स्वर्गिय नेता पोष्टबहादुर बोगटीको सालिक अनावरण गरिएको छ ।

पोष्टबहादुर बोगटी स्मृति पार्कमा शनिबार एक कार्यक्रमका बिच नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शालिक अनावरण गरेका हुन । पोष्टबहादुर बोगटी स्मृति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा प्रचण्ड, माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ, नेता हितमान शाक्य, प्रतिनिधिसभाका सांसद हितबहादुर तामाङ, हितराज पाण्डे लगायतले माओबादी आन्दोलनमा बोगटिको भुमिकाको चर्चा गरे ।
कार्यक्रममा नेपाली काङ्रेसका प्रवक्ता डा प्रकाशशरण महत, नेता हरु डा.रामशरण महत, अर्जुननरसिंह केसी, नेकपा (एकीकृत समाजवादी) का नेता राजेन्द्र लोहनी लगायतले जिल्लामा बोगटिको योगदान र उनको सन्तुलित भुमिकाको प्रसम्सा गरे । कार्यक्रममा वाग्मती प्रदेशसभाका उपसभामुख राधिका तामाङ, प्रदेश सांसद हिरानाथ खतिवडा, माओवादी केन्द्रका नेता नारायण दाहाल, संविधानसभा सदस्य राममाया बोगटी, वाग्मती प्रदेश कमिटी अध्यक्ष सरल सहयात्रीलगायत विभिन्न दलका नेता, कार्यकर्ता र सर्वसाधारणको उपस्थिती रहेको थियो ।

स्थानीय भोजराज पनेरुको अध्यक्षतामा रहेको पोष्टबहादुर बोगटी स्मृति पार्क निर्माण उपभोक्ता समितिले शालिक निर्माण गरेको हो । वाग्मती प्रदेश आन्तरिक मामिला मन्त्रायबाट व्यवस्थापन भई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयबाट प्राप्त ४० लाख रुपैयाबाट शालिक निर्माण गरिएको अध्यक्ष पनेरुले जानकारी दिए ।

सालिक निर्माणाधीन पोष्टबहादुर बोगटी स्मृतिपार्क निर्माण गरिएको हो । पार्कस्थलमा ३ कोठाको पोष्टबहादुर बोगटी स्मृति पुस्तकालय भवन, २ कोठाको अस्थायी निवास टिकटघर निर्माण भइसकेको प्रतिष्ठानका कार्यालय सचिव प्रभा बोगटीले जानकारी दिइन ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













देउवा दम्पती थप उपचारका लागि आज सिंगापुर जाँदै
मापसे गरेर बस चलाउने विदुरका राजु पक्राउ
विद्यार्थीलाई झोलासहितको स्टेशनरी सामग्री वितरण
धादिङका स्थानीय पारिजात संरक्षणमा जुटे
केन्द्रीय कारागार जाने बाटो पुनर्निर्माण हुँदै





प्रतिक्रिया