बट्टारमा फार्मस भेट फामेसी सञ्चालनमा
नुवाकोट । नुवाकोटको बट्टारमा चिकित्सक सेवा सहितको आधुनिक भेटेरिनरी पसल सञ्चालनमा आएको हो । किसानलाई पशु चिकित्सक सहितको गुणस्तरीय सेवा दिन फार्मस भेट फामेसी सञ्चालनमा आएको हो ।

फार्मेसीको बुधवार एक कार्यक्रमका विच उद्घाटन गरिएको छ । जिल्लामा गुणस्तरीय भटेरेनेरी औषधि तथा पशुपक्षीका भ्याक्सिन र दक्ष पशु चिकित्सकद्वारा सम्पूर्ण उपचार सहितको सेवा दिन फार्मेसी शुरु गरेका छौं–उद्घाटन कार्यक्रममा फार्मेसीका सञ्चालक केशव थापाले भने– गुणस्तरीय दाना, चल्ला एवम अन्य उपकरण सहज र सुलभ मूल्यमा उपलब्ध गराउन फार्मेसी सञ्चालनमा आएका हो । फार्मेसीमा बट्टारका पशुचिकित्सक डा. उज्ज्वलमान श्रेष्ठ समेत संलग्न छन् ।
फार्मेसी सञ्चालनले काठमाडौंको सेवासुविधा जिल्लामै उपलब्ध हुने भएकाले पोल्ट्री व्यवसायमा संलग्न व्यवसायीलाई सहज भएको नुवाकोट पोल्ट्री व्यवसायी सङ्घका अध्यक्ष विष्णुप्रसाद रिमालले बताए । प्रयागेशाला, जाँच र नियमित दक्ष पशु चिकित्सक पसर्मेसीमा उपलब्ध हुने भएपछि पोल्ट्री व्यवसायीलाई कुखुराको रोग पत्ता लगाउन र औषधि खुवाउन सहज भएको नेपाल अन्डा उत्पादक सङ्घ नुवाकोटका अध्यक्ष रमेश चित्रकारले बताए ।
फार्मेसीका सञ्चालकले एक दशक अघिदेखि पीपलटारमा नेपाल पेलेटे फिड इन्डस्ट्रिजसमेत सञ्चालन गरेर पशुपक्षीको गुणस्तरीय दाना उत्पादन गर्दै आएको छ । पछिल्लो समय जिल्लामा कुखुरापालन ब्यवसाय बढ्दो रहेकोले ब्यवसायीलाई सहज ढंगले सेवा पु¥याउन फार्मेसी सञ्चालन गरिएको सञ्चालक थापाले वताए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












मूल्यवृद्धिको मार खेप्दा पनि धादिङको कालिदह खोलामा स्थायी पुल निर्माण सम्पन्न
नुवाकोटकाे गाउँगाउँमा सुन्तला–कागतीका बिरुवा, कृषकमा पलायो नयाँ आशा
रसुवागढी सीमा नाका दुई दिन बन्द
आज असार पन्ध्र, २३ औं राष्ट्रिय धान दिवस मनाइँदै
सहकारीमा हर्जाना ५ प्रतिशतमा सीमित, लाभांश १५ प्रतिशतभन्दा बढी बाँड्न नपाइने





प्रतिक्रिया