नुवाकोटमा रसायनिक मल सहज बनाऊ : कांग्रेस

विदुर खबर २०७८ फागुन २४ गते १२:२४

नुवाकोट । नेपाली कांग्रेस नुवाकोटले जिल्लामा रसायनिक मलको चरम अभाव भएको भन्दै प्रमुख जिल्ला अधिकारी मार्फत कृषी तथा पशुपन्छी मन्त्रालयलाइै ध्यानाकर्षण गरेको छ ।

Advertisement

सोमवार नेपाली कांग्रेस नुवाकोटका जिल्ला सभापति रमेशकुमार महतको नेतृत्वको टोलीले प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालमार्फत कृषि तथा पशुपंक्षी विकास मन्त्रालयलाई ध्यानाकर्षण गरेको हो ।

ज्ञापनपत्र बुझाउँदै नेपाली कांग्रेस नुवाकोटका जिल्ला सभापति रमेश कुमार महतले तत्काल रसायनिक मल आपूर्तिको व्यवस्था गर्न आग्रह गर्दै सरकार किसानको समस्याको समाधानमा तत्काल अग्रसर हुनुपर्ने बताए ।

Advertisement

उनले सरकारले तत्काल किसानहरुको मागलाई सम्बोधन नगरे आन्दोलनमा उत्रने समेत चेतावनी दिए ।

ज्ञापनपत्र बुझ्दै नुवाकोटका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद रिसालले किसानहरुको मागलाई तत्काल सम्बोधन गर्न आफुले सम्बन्धित निकायमा पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।

Advertisement

प्रजिअ रिसालले जिल्लाका कृषकहरुलाई सर्वसुलभ ढंगबाट मल उपलब्ध गराउने विषयमा आफुले सरोकारवाला निकायहरुसँग छलफल गरिसकेको भन्दै तत्काल जिल्लामा मल अभावको अन्त्य हुने समेत विश्वास व्यक्त गरे ।

कार्यक्रममा नेपाली कांग्रेस नुवाकोटका उपसभापतिद्धय सन्तमान तामाङ, राजु थापा, सचिव बैकुण्ठ मिश्र, श्रीराम श्रेष्ठ, नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष तारावहादुर कार्की लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया