नुवाकोट उद्योग वाणिज्य संघले ग¥यो सिडियोलाई स्वागत
नुवाकोट । नुवाकोट उद्योग वाणिज्य संघले नयाँ प्रमुख जिल्ला अधिकारीको रुपमा नुवाकोटमा आएका नारायणप्रसाद रिसालको स्वागत गरेको छ ।

संघले आईतवार ईलम प्रशिक्षण केन्द्र विदुरमा एक कार्यक्रमको आयोजना गरि प्रजिअ रिसालको स्वागत गरेको हो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रिसालले सरकारले वैशाख ३० गते स्थानिय तहको चुनाव घोषणा गरेको भन्दै त्यसलाई शान्ति र भयरहित बनाउन आफु प्रतिबद्ध रहेको बताए । उनले जिल्लामा शान्ति र सुव्यवस्था कायम गर्न सबै क्षेत्रले सहयोग गर्नुपर्ने बताए ।
कार्यक्रममा नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष तारावहादुर कार्कीले समग्र नुवाकोटका उद्योगी व्यवसायीले जिल्लाको विकास निर्माणमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । जिल्लाको समग्र क्षेत्रमा गर्न सकिने कानुन सम्मतका कुराहरुमा व्यवसायीहरु साथ रहन्छ कार्कीले भने ।

कार्यक्रममा नुवाकोट उद्योग वाािण्ज्य महासंघका केन्द्रिय सदस्य राजन श्रेष्ठ, नुवाकोट उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष शरणउत्सुक सापकोटा, वरिष्ट उपाध्यक्ष गिता अमात्य, पुर्व संविधानसभा सदस्य राज्यलक्ष्मी पाण्डे लगायतको उपस्थिति रहेको थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












पश्चिम एसियाको युद्धले नेपाली रोजगारी संकटमा: ‘घर फर्क’ भन्न थाले कम्पनी, सरकार सतर्क
नुवाकोटको ककनीमा टिफरको ठक्करबाट एक जनाको मृत्यु
अब दुई दिन सरकारी बिदा
नुवाकोटमा स्कुटर र्दुघटना हुँदा एक जनाको मृत्यु
रेग्मीको ‘अक्षरमा अनुभूति’ मुक्तक संग्रह लोकार्पण





प्रतिक्रिया