एमाले विदुर नगर कमिटिको अध्यक्षमा प्रधान

नुवाकोट । नगर अधिबेशन उद्घाटनको चार महिनापछि नेकपा एमाले विदुर नगर कमिटीको नेतृत्व टुङ्गिएको छ । काठमाण्डौंमा बिहीबार बिहान बसेको अध्यक्ष मण्डलको बैठकले नगरको नेतृत्व टुंग्याएको हो ।

अध्यक्ष मण्डले टुंग्याए अनुसार अध्यक्षमा नविन प्रधान, उपाध्यक्षमा मनोज अधिकारी, सचिव अनुजकुमार श्रेष्ठ, उपसचिवमा राजकुमार केसी र भक्तबहादुर अधिकारी रहेका छन । अध्यक्ष प्रधान र सचिव श्रेष्ठ यसअघि पनि सोही पदमा रहेका थिए ।
प्रधान एमालेको विद्यार्थी संगठन अखिलका पूर्व जिल्ला अध्यक्ष तथा केन्द्रिय सदस्य र नुवाकोट आदर्श बहुमुखी क्याम्पसका पूर्व स्ववियु सभापति समेत हुन् । नगर कमिटीको अध्यक्ष र सचिवमा दाबी गर्ने अन्य उम्मेदवारहरूको जिल्ला कमिटीमा व्यवस्थापन गरेर नेतृत्वको टुंगो लगाइएको हो । अधिवेशनको उद्घाटन नेकपा एमालेका पोलिटब्यूरो सदस्य एवं पूर्वमन्त्री गोकुल बाँस्कोटाले कातिक १४ गते बट्टारको कभर्ड हलमा गरेका थिए ।
यसअघि, आन्तरिक असमझदारीका कारण नेकपा एमाले म्यागङ गाउँ कमिटीका पदाधिकारी तथा सदस्यहरुको सपथग्रहण अधिवेशनको चार महिनापछि माघ अन्तिम साता सपथ भएको थियो । अधिवेशनले गाउँ कमिटीका अध्यक्ष मेघनाथ तामाङ र सचिवमा लालसिंह तामाङलाई सर्वसम्मत चयन गरेको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया