नेकपा नुवाकोटको अध्यक्षमा पुष्प लामिछाने, सचिवमा वुद्धि प्रधान चुनिए

विदुर खबर २०७५ भदौ ५ गते ११:५४

नुवाकोट, नेपाल कम्युनिष्ट पार्र्टी (नेकपा) नुवाकोटको अध्यक्षमा पुष्प लामिछाने चयन भएका छन भने सचिवको जिम्मेवारी वुद्धि प्रधानलाई दिइएको नेकपाको एक नेताले विदुरखबर डटकमलाई बताए ।

नेकपा नुवाकोटको नेतृत्व लिन पुर्व एमाले नेताबिच होडबाजी चलिरहेको बेला नेकपा प्रदेश नं ३ ले नुवाकोटको नेतृत्व पुर्व माओवादीले पाउने प्रस्ताव गरेको थियो । योसँगै नेकपा नुवाकोटको पदाधिकारीको समेत टुङ्गो लागिसकेको उच्च स्रोतले बताएको छ ।

 

Advertisement

प्रतिक्रिया