किस्पाङमा माओवादीबाट निर्वाचित वडा सदस्य कांग्रेस प्रवेश

विदुर खबर २०७८ माघ २६ गते ७:५५

नुवाकोट । नुवाकोटको किस्पाङमा माओवादीबाट निर्वाचित वडा सदस्य कांग्रेस प्रवेश गरेका छन् ।

Advertisement

नेकपा माओवादीबाट किस्पाङ गाउँपालिका वडा नम्बर १ मा निर्वाचित महिला वडा सदस्य चिर्चाम तामाङ नेपाली कांग्रेस प्रवेश गरेकी हुन् ।

तामाङले मंगलबार पार्टी परित्याग गरेर कांग्रेसमा प्रवेश गरेकी हुन् । सरकारले स्थानिय तहको निर्वाचन आगामी बर्ष बैशाख ३० गते गर्ने घोषणा गरेसँगै गाउँगाउँ चुनावी सरगर्मी बढ्नुका साथै पार्टी प्रवेशको लहर चलेको छ ।

Advertisement

काग्रेस प्रवेश गरेकी तामाङलाई नेपाल महिला संघ किस्पाङ गाउँपालिकाकी सभापति ज्ञानुमाया तामाङले पार्टी प्रवेश गराएकी हुन् ।

प्रतिक्रिया