स्थानीय तहको निर्वाचन बैशाख ३० मा गर्ने सरकारको निर्णय
विदुर खबर
२०७८ माघ २४ गते १७:०२
नुवाकोट । सरकारले अगामी बैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले स्थानीय तहको निर्वाचन बैशाख ३० गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । सरकारले एकै चरणमा स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेको हो ।
स्थानीय तहका पदाधिकारीको ५ वर्षे पदावधी आगामी जेठ ५ गते समाप्त हुने भएकाले उक्त समय भन्दा अगाडी नै स्थानीय तहको निर्वाचन मिति तोक्न निर्वाचन आयोगले सरकारलाई सिफारिस गरेको थियो ।
आईतबार प्रधानमन्त्री शेरबहादुर देउवा र कानून मन्त्री दिलेन्द्र बडुले निर्वाचन आयोगसँगको परामर्शमा बैशाख ३० गते निर्वाचनको मिति तोक्ने तय गरेको थियो ।
आइतबार सत्तापक्षका नेताहरुको प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीसँग छफफलमा पनि स्थानीय तहको निर्वाचन बैशाख ३० गते गर्ने सहमती बनेको थियो ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












Breaking News कांग्रेस नेता एवं पूर्वमन्त्री दिपक खड्का पक्राउ
आजको मौसम : चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
नुवाकाेटमा बालेन्द्र र सुधनविरूद्ध नाराबाजी
सार्वजनिक प्रशासनमा दलीय ट्रेड युनियन खारेज गरिने
ओलीको रिहा माग्दै नुवाकाेटमा प्रदर्शन





प्रतिक्रिया