बेलकोटगढी नगरपालिका भित्रका विद्यालय आजबाट खुल्ने
नुवाकोट । नुवाकोटको बेलकोटगढी नगरपालिकाभित्र रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरु आजबाट खुल्ने भएका छन् ।

आईतवार बेलकोटगढी नगरपालिकाले एक सुचना प्रकाशित गर्दे पहिलो चरणमा कक्षा ८ देखि १२ सम्मको विद्यालय स्वास्थ्य मापदण्ड पालना गर्दे विद्यालय खोल्न आग्रह गरेको हो ।
नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत दामोदर दाहालले पहिलो चरणमा सोमवारदेखि कक्षा ८ देखि १२ सम्म भौतिक उपस्थितिमा पढाई हुने र अन्य कक्षाहरु वैकल्पिक सिकाइको माध्यमबाट कक्षा संचालन गर्न आग्रह गरे ।
यस्तै आगामी फाुगन १ गतेबाट सबै कक्षाहरु पनि भौतिक उपस्थितिमा सम्पुर्ण कक्षाहरु समेत संचालन गर्न उनले आग्रह गरेका छन् ।
यससँगै भौतिक उपस्थितिमा कक्षा संचालन गर्ने जिल्लाको पहिलो स्थानिय तह बेलकोटगढी नगरपालिका बनेको छ । जिल्लाका अन्य पालिकाले भने भौतिक रुपमा कक्षा संचालन गर्ने विषयमा कुनै निर्णय गरेका छैन ।

तर अन्य स्थानिय तहमा रहेका सामुदायिक तथा निजि विद्यालयहरुले अनौपचारिक रुपमा विद्यालयका कक्षाहरु भौतिक रुपमा नै आलोपालो गरि संचालन गरिरहेका छन् ।
यसअघि नुवाकोटमा कोरोना संक्रमणको दर बढेसँगै जिल्लामा रहेका विद्यालयहरु माघ पहिलो साताबाट बन्द गरिएको थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













बागमती प्रदेशमा भारी वर्षाको संभावना, सतर्कता अपनाउन आग्रह
मनाङमा हिमपातपछि फसेका व्यक्तिहरुको उद्धार
नुवाकोटमा वर्षातकै बीचमा धान भित्र्याउन किसान व्यस्त
रसुवामा हिमपातको सम्भावना,सर्तकता अपनाउन आग्रह
जेनजी आन्दोलनमा प्रहरी हत्याको आरोपमा रसुवाका सौरभ समातिए





प्रतिक्रिया