नुवाकोट जेसीजको आठौ पदस्थापना कार्यक्रम सम्पन्न

विदुर खबर २०७८ माघ १७ गते १६:१७

नुवाकोट। नुवाकोट जेसीजको आठौँ पदस्थापना तथा पुरस्कार वितरण समारोह सोमवार सम्पन्न भएको छ ।

Advertisement

कार्यक्रमको नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पुर्वमन्त्रि अर्जुननरसिंह केसीले उद्घाटन गरेका हुन । कार्यक्रममा बोल्दै नेता केसीले युवाहरुको क्षमता र व्यत्तित्व विकासमा जेसीजले महत्वपुर्ण भुमिका खेलेको बताए । उनले देशमा अजारकता बढेको भन्दै विधिको शासन कायम गन्र्र सबै युवाहरु एकजुट हुनुपर्ने समय आएको बताए ।

कार्यक्रममा नुवाकोट जेसीज वर्ष २०२१ का अध्यक्ष अञ्जली पाण्डेले आफ्नो कार्यकालमा जेसीजलाई चलायमान बनाएको तथा संस्थामा युवाहरुको आर्कषण बढाउन आफ्नो कार्यकाल खर्चिएको बताए । उनले जेसीजजस्तो विशुद्ध सामाजिक संस्थामा आवद्ध हुन सबै युवाहरुलाई आग्रह गरे ।

Advertisement

त्यस्तै कार्यक्रममा जिल्ला समन्वय समिति नुवाकोटका उपप्रमुख अप्सरा थापा, पन्चकन्या गाउँपालिकाका अध्यक्ष तेजवहादुर तामाड, म्यागड गाउँपालिकाका अध्यक्ष आशा तामाड लगायतले जेसीजजस्तो विशुद्ध सामाजिक संस्थामा आवद्ध हुन सबै युवाहरुलाई आग्रह गरे ।

कार्यक्रममा गत साता भएको निर्वाचनबाट निर्विरोध रुपमा चयन भएका पदाधिकारी तथा मनोनित भएकाहरुलाई नुवाकोट जेसीज वर्ष २०२१ की अध्यक्ष अञ्जली पाण्डेले पद तथा गोपनियताको सपथ ग्रहण खुवाउनुका साथै नुवाकोट जेसीज वर्ष २०२२ का अध्यक्ष नमराज सुवेदीलाई पद हस्तान्तरण गरेका थिए ।

Advertisement

कार्यक्रममा बोल्दै नुवाकोट जेसीज वर्ष २०२२ का अध्यक्ष नमराज सुवेदीले आफ्नो एक वर्षको कार्यकालमा युवाहरुको व्यत्तित्व विकासलाई प्राथमिकता दिने र जेसीजको दायरालाई फराकिलो बनाउने बताए । उनले आगामी दिनमा जेसीजको दायरालाइ्र्र फराकिलो बनाउने, जेसीजमा युवाहरुको आवद्धता बढाउने, जिल्लाका सबै स्थानिय तहसँग सहकार्य गरेर अघि बढ्ने प्रतिवद्धता व्यक्त गरे ।

बर्ष २०२२ का लागी अध्यक्ष सुवेदी सहित कार्यकारिणी उपाध्यक्षमा अरुणराज पाठक , बिनोद लामिछाने , महासचिव सुमन भण्डारी , कोषाध्यक्ष रामधन ढकाल निर्वाचित भएका छन् भने उपाध्यक्षमा हिमन रिमाल, निरज चित्रकार , किशोर अर्याल , करण खतिवडा निर्वाचित भएका छन् ।

कार्यक्रममा जेसीज नुवाकोटलाई सहयोग गर्ने तथा विभिन्न माध्यमबाट योगदान पुराउने व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया