नुवाकोटमा एकैदिन ९० जना कोरोनामुत्त
नुवाकोट । नुवाकोटमा एकैदिन ९० जना कोरोनामुक्त भएका छन् ।
स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार पछिल्लो २४ घण्टामा ९० जना कोरोना संक्रमित कोरोनामुक्त भएर घर फर्किएका छन् ।
यससँगै नुवाकोटमा कोरोनामुक्त हुनेको संख्या ८ हजार ७ सय ६९ पुगेको कार्यालयका सुचना अधिकारी उत्तमराज खनालले जानकारी दिए ।
यस्तै पछिल्लो २४ घण्टामा जिल्लामा ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै जिल्लमा कोरोना संक्रमितको संख्या ९ हजार एकसय ६० पुगेको छ ।
पछिल्लो २४ घण्टामा भेटिएका कोरोना संक्रमितमध्ये सबैभन्दा बढी विदुर नगरपालिकाका १९ जना रहेका छन् । यस्तै तादी गाउँपालिकामा ९ जनामा संक्रमण पुष्टि हुँदा बेलकोटगढी नगरपालिकाका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
त्यस्तै लिखु गाउँपालिकाका २ जनामा कोरोना संक्रमण देखिएको छ भने म्यागङ र किस्पाङ गाउँपालिकाका समान एक÷एक जनामा कोरोना संक्रमण पसष्टि भएको छ ।
नुवाकोटमा कोरोना संक्रमणबाट ५२ जना संक्रमितको मृत्यु भएको छ । जिल्लामा हालसम्म ३० हजार ४ सय ७३ जनाको पिसिआर परिक्षण गरिएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया