तादी गाउँपालिका र भूमि आयोगबिच द्धिपक्षिय सम्झौता

विदुर खबर २०७८ माघ १८ गते ९:२६

नुवाकोट । रााष्ट्रिय भूमि आयोग र तादी गाउँपालिकाबीच सुकुम्बासी तथा भूमिहिनहरुको भुमि सम्बन्धि सबै समस्या समाधान गर्नका निम्ति द्धिपक्षिय सम्झौता भएको छ ।

Advertisement

सोमवार गाउँपालिकाका अध्यक्ष नारायणप्रसाद पाण्डे र आयोगका तर्फबाट सदस्य सचिव अमिरप्रसाद न्यौपानेबीच समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

पाण्डेले आयोगको केन्द्रिय कार्यालय ताहचलमा गई भुमि आयोग नुवाकोटका अध्यक्ष अर्जुन प्रसाद न्यौपानेको रोहवरमा दुई पक्षीय सम्झौता गरेका हुन् ।

Advertisement

गाउँपालिका अध्यक्ष पाण्डेले द्धिपक्षिय समझदारी पत्रमा हस्ताक्षर भएसँगै पालिकाभित्र बर्षौदेखि रोकिएका सम्पुर्ण सुकुम्बासी तथा भूमिहिनहरुको भुमि सम्बन्धि हक र अधिकार नेपालको संविधानले तोके बमोजिम दिलाउन सफल हुने विश्वास व्यत्त गरेका छन् ।

यस्र्तै सोमवार नै लिखु गाउँपालिकाका अध्यक्ष धुव्र श्रेष्ठ र रााष्ट्रिय भूमि आयोगबिच समेत समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

Advertisement

प्रतिक्रिया