नेपालमा कोराेना संक्रमितको संख्या घट्दै
विदुर खबर
२०७८ माघ १६ गते १८:५३
नुवाकोट । नेपालमा कोरोना संक्रमितको संख्या घटिरहेको छ । आइतबार नेपालमा थप तीन हजार ५४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. संगिता मिश्राका अनुसार २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको कुल १३ हजार १४५ परीक्षणमध्ये ९ हजार ९१० पीसीआर परीक्षणमा तीन हजार ४९ जना र तीन हजार २३५ एन्टिजेन परक्षिणका क्रममा ४९१ जनामा संक्रमण पाइएको हो ।
गत २४ घण्टामा भएको पीसीआर परीक्षणका आधारमा संक्रमण दर ३०.८ प्रतिशत रहेको पनि मन्त्रालयको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ।
यसैगरी पछिल्लो २४ घन्टामा थप ६ हजार ३५९ जना कोरोना संक्रमणमुक्त भएर घर फर्किएका छन् । माघ १३ गतेदेखि माघ १६ गतेसम्मा नेपालमा कोरोनाका कारण थप ३२ जनाको मृत्यु भएको छ ।
हाल नेपालमा सक्रिय संक्रमितको संख्या ८३ हजार ९९९ रहेको छ ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












हिरारत्न हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने
अजिंगरे माबिबाट वडा कार्यालय जोड्ने सडकको कालोपत्रे सम्पन्न
मूल्यवृद्धिको मार खेप्दा पनि धादिङको कालिदह खोलामा स्थायी पुल निर्माण सम्पन्न
नुवाकोटकाे गाउँगाउँमा सुन्तला–कागतीका बिरुवा, कृषकमा पलायो नयाँ आशा
रसुवागढी सीमा नाका दुई दिन बन्द





प्रतिक्रिया