नेपालमा कोराेना संक्रमितको संख्या घट्दै
विदुर खबर
२०७८ माघ १६ गते १८:५३
नुवाकोट । नेपालमा कोरोना संक्रमितको संख्या घटिरहेको छ । आइतबार नेपालमा थप तीन हजार ५४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. संगिता मिश्राका अनुसार २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको कुल १३ हजार १४५ परीक्षणमध्ये ९ हजार ९१० पीसीआर परीक्षणमा तीन हजार ४९ जना र तीन हजार २३५ एन्टिजेन परक्षिणका क्रममा ४९१ जनामा संक्रमण पाइएको हो ।
गत २४ घण्टामा भएको पीसीआर परीक्षणका आधारमा संक्रमण दर ३०.८ प्रतिशत रहेको पनि मन्त्रालयको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ।
यसैगरी पछिल्लो २४ घन्टामा थप ६ हजार ३५९ जना कोरोना संक्रमणमुक्त भएर घर फर्किएका छन् । माघ १३ गतेदेखि माघ १६ गतेसम्मा नेपालमा कोरोनाका कारण थप ३२ जनाको मृत्यु भएको छ ।
हाल नेपालमा सक्रिय संक्रमितको संख्या ८३ हजार ९९९ रहेको छ ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













नुवाकोट–२ मा एमालेबाट केशव पाण्डे एकल सिफारिस
शुभ–प्रभात सहकारीको १८ औ वार्षिक साधारणसभा सम्पन्न
एमाले नुवाकोटका अध्यक्ष मैनाली नुवाकोट क्षेत्र नं १ बाट एकल सिफारिस
ताप्लेजुङ केन्द्रविन्दु भएर भूकम्पको धक्का
आजदेखि एकमहिने स्वस्थानी व्रत सुरु





प्रतिक्रिया