नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या बढ्यो

विदुर खबर २०७८ माघ १३ गते २२:०३

नुवाकोट । बिहीबार नेपालमा ८ हजार १७ जना कोरेना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित अपटेड अनुसार एक दिनमा १५ जनाको निधन भएको छ । 

Advertisement

१५ हजार ७३६ जनाको पीसीआर परीक्षण गर्दा ५ हजार ८१६ जनामा र ६ हजार ७२ जनाको एन्टीजेन परीक्षण गर्दा २ हजार २०१ जनामा गरी ८ हजार १७ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।

यसैगरी निको हुनेको संख्या पनि दिन प्रतिदिन बढिरहेको छ। २४ घण्टामा ५ हजार २९२ जना कोरोना संक्रमण मुक्त भएका छन् ।

Advertisement

आज काठमाडौं उपत्यकामा कुल ३ हजार १४३ जना संक्रमित थपिएका छन्। जसमध्ये काठमाडौंमा नै २ हजार ४०२ जना, ललितपुरमा ५२१ जना र भक्तपुरमा २२० जना छन् ।

हालसम्म नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको कूल संख्या १० लाख ६२ हजार १०५ पुगेको छ भने संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ६८७ छ। तर अहिलेसम्म ८ लाख ३७ हजार ०४ जनाले कोरोना संक्रमण जितेका छन् ।

Advertisement

हाल देशमा ९० हजार ५७६ सक्रिय संक्रमित छन् । तीमध्ये ८८ हजार ६४२ जना होम आइसोलेसनमा रहेका छन् भने १ हजार ९३४ जना संस्थागत आइसोलेसनमा छन् । यसैगरी २५७ जना आईसीयू र ४९ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

प्रतिक्रिया