१८ सिटमा सत्ता गठबन्धन, एमाले १ सिटमा खुम्चियो
नुवाकोट । राष्ट्रियसभाको हिजो बुधबार भएको उपनिर्वाचनमा १८ सिटमा सत्ता गठबन्धनका उम्मेदवार निर्वाचित भएका छन् भने प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले एक सिट जितेको छ ।

सातवटै प्रदेशमा भएको उपनिर्वाचनमा प्रदेश नं १ को एक सिटबाहेक पूरै सिट सत्ता गठबन्धनमा रहेका पाँच दलको पक्षमा गएको छ । सत्तागठबन्धमा रहेका दलहरू क्रमशः नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले तालमेल गरेर उम्मेदवारी दिएका थिए भने प्रमुख प्रतिपक्ष दल एमालेले एक्लै प्रतिस्पर्धा गरेको थियो ।
राष्ट्रिय सभामा रिक्त सात महिला, तीन दलित, दुई अपांगता भएका र अल्पसंख्यक र सात अन्य गरी १९ सिटको लागि उपनिर्वाचन भएको थियो । कांग्रेसले ६, माओवादी केन्द्र र एकीकृत समाजवादीले ५/५, जनता समाजवादीले २ र जनमोर्चाले एक सिटमा प्रतिस्पर्धा गरेका थिए । आयोगका अनुसार प्रदेश १ मा एमालेबाट सोनामगेल्जेन शेर्पा (अल्पसंख्यक), नेपाली कांग्रेसबाट झापाका गोपालकुमार बस्नेत र एकीकृत समाजवादीबाट भोजपुरका जयन्ती राई (महिला) निर्वाचित हुनुभएको छ ।
गठबन्धनका उम्मेदवार जनता समाजवादी पार्टीका हेमराज राईलाई पराजित गर्दै शेर्पा निर्वाचित हुनुभएको थियो । शेर्पाले ४ हजार ७ सय ५२ मत प्राप्त गर्नुभएको थियो भने गठबन्धनका उम्मेदवार राईले ४ हजार ६ सय ६८ मत पाउनुभएको थियो ।
निर्वाचित हुने कांग्रेसका बस्नेत र नेकपा (एमाले) का गुरु बरालले बराबर मत ल्याएपछि गोला प्रथाबाट निर्वाचित हुनेको चयन गरिएको थियो । दुवैले ४ हजार ४ सय ८८ मत प्राप्त गरेका थिए । बस्नेतले प्रदेशसभाका ५० र स्थानीय तहका प्रमुख र उपप्रमुख गरी १ सय १६ मत प्राप्त गर्नुभएको थियो भने बरालले प्रदेशसभाबाट ३८ र स्थानीय तहबाट १ सय ४८ मत प्राप्त गर्नुभएको थियो ।
त्यसै गरी मधेस प्रदेशमा जनता समाजवादी पार्टीका मोहम्मद खालिद सिद्धिकि र माओवादी केन्द्रका उर्मिला अर्याल निर्वाचित हुनुभएको छ । वागमतीमा नेपाली कांग्रेसका कृष्णप्रसाद पौडेल र एकीकृत समाजवादीका गोमा तिमल्सिना (महिला) निर्वाचित हुनुभएको छ । गण्डकी प्रदेशमा नेपाली कांग्रेसबाट गोरखाका कमला पन्त, माओवादी केन्द्रका सुरेश आलेमगर र भरत सुनार विजयी हुनुभएको छ ।
त्यसै गरी लुम्बिनीमा नेपाली कांग्रेसबाट बाँकेका युवराज शर्मा, एकीकृत समाजवादीबाट राजेन्द्रलक्ष्मी गैरे (महिला) र राष्ट्रिय जनमोर्चाका तुलप्रसाद (राजेश) विश्वकर्मा विजयी हुनुभएको छ । त्यस्तै, कर्णालीमा नेपाली कांग्रेसबाट सुर्खेतकी दुर्गाकुमारी गुरूङ, एकीकृत समाजवादीबाट उदय बोहोरा (खुला) र माओवादी केन्द्रका नरबहादुर विष्ट निर्वाचित हुनुभएको छ ।
सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसबाट कैलालीका नारायणदत्त मिश्र (अन्य), एकीकृत समाजवादीबाट मदनकुमारी (गरिमा) शाह (महिला) र माओवादी केन्द्रबाट जगत पार्की (दलित) विजयी हुनुभएको छ ।
पाँच दलीय गठबन्धनले आफ्ना सिट यथावत् राखेर एमालेका खाली हुने सिटमा चुनाव लडेका थिए । यसले गर्दा एमालेलाई आफ्ना सिट सुरक्षित गर्न कठिन बनाईदिएको हो । आगामी फागुन २० गते पदावधि सकिने १९ जना राष्ट्रिय सभा सदस्यमा एमालेका ८, नेकपा माओवादी केन्द्रका ४, एकीकृत समाजवादीका ४ र कांग्रेसका ३ सांसद रहेका छन् ।
एमालेका खाली हुने आठ सिटमा गठबन्धनले चुनावी तालमेल गरेका थिए । माओवादी केन्द्र, एकीकृत समाजवादीले एक/एक सिट पाएको छ भने जनता समाजवादी पार्टीले दुई, कांग्रेसले तीन र राष्ट्रिय जनमोर्चाले एक सिट पाएको छ । उपनिर्वाचनमा नौं वटा राजनीतिक दलका ४३ जनाले उम्मेदवारी दिएका थिए ।
कोरोना संक्रमणको उच्च जोखिमलाई ध्यानमा राखी स्वास्थ्य सुरक्षा मापदण्ड पालना गराउँदै सातवटै प्रदेशको राजधानीमा तोकिएको मतदानस्थलमा हिजो बुधबार ९ बजेदेखि अपराह्न ३ बजेसम्म मतदान भएको थियो । मतदानका क्रममा मधेस प्रदेशमा सिके राउत नेतृत्वको जनमत पार्टी र प्रहरीबीच झडप र हेटौंडामा केहीबेर तनाव भएपनि अन्य ठाउँमा शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको थियो ।
निर्वाचनका लागि प्रदेशसभा सदस्य तथा पालिका प्रमुख र उपप्रमुख गरी २ हजार २५ मतदाता रहेकोमा दुई हजार सात जनाले मतदान गरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो । मतदानमा प्रदेश १ मा ३ जना, मधेस प्रदेशमा ६, लुम्बिनी प्रदेशका २ र कर्णाली प्रदेशमा २ जना गरी १८ जना जनप्रतिनिधि अनुपस्थित रहे ।
निर्वाचनमा प्रदेशसभा सदस्यको मतभार ४८ र पालिका प्रमुख र उपप्रमुखको मतभार १८ रहेको छ । मतदान सकिएको केही बेरमै सम्बन्धित प्रदेशको राजधानीमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मतपेटिका ल्याएर मतगणना शुरू गरिएको थियो ।
प्रदेशसभाको निर्वाचनमा हासिल गरेको जितसँगै एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई हटाएर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउँदा बनेको पाँच दलीय गठबन्धन आगामी वर्ष हुने संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको निर्वाचनमा मिलेर जाने दिशामा अघि बढेको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












पेट्रोलको मूल्य १५ रुपैयाँ बढ्यो
खेल विज्ञानको अनुशासन सदनमा उतार्ने जिम्मेवारीमा लामिछाने
रसुवामा आचार्य लगातार तेस्रोपटक अनुमोदित
एक हप्तामै बन्दैछ बालेन सरकार, पहिलो दिनदेखि नै नयाँ सन्देश
आजको मौसम : आज चार प्रदेशमा वर्षाको सम्भावना





प्रतिक्रिया