आइतबार देशभर ६ हजार ४ सय ६२ जना कोभिड १९ संक्रमित थपिए

विदुर खबर २०७८ माघ ९ गते १८:२५

नुवाकोट । आइतबार थप ६ हजार ४ सय ६२ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ ।

Advertisement

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा कुल १७ हजार ४३७ जनामा कोरोना परीक्षण गरिएको थियो । 

तीमध्ये १३ हजार ३ सय ७७ जनाको पिसिआर परीक्षण गर्दा ५ हजार ५९८ जनामा र ४ हजार ६० एन्टिजेन परीक्षणबाट ८६४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

Advertisement

मन्त्रालयका सह प्रवक्ता डा. समिर कुमार अधिकारीले एक दिनमा कोरोना संक्रमणका कारण ४ जनाले ज्यान गुमाएको जानकारी दिएका छन् । यस्तै सोहि अवधिमा एक हजार ४१६ जना कोरोना निको भएको पनि उनले पत्रकार सम्मेलनमा बताए ।

आज काठमाडौं उपत्यकामा ३ हजार ७,९१ जना संक्रमित थपिएका छन्। जसमध्ये काठमाडौंमा २ हजार ८६८, भक्तपुरमा ३२१ र ललितपुरमा ६०२ जना हुन् ।

Advertisement

२४ घण्टमा गरिएको कुल पीसीआर परीक्षणमध्ये देशभरको औसत संक्रमण दर ४१.८ प्रतिशत रहेको छ ।

हाल देशमा होम आइसोलेसनमा ७५ हजार ३७६ र संस्थागत आइसोलेसनमा १ हजार ६६४ जना गरी ७७ हजार ४० जना कोरोनाका सक्रिय संक्रमित छन्। यसैगरी संस्थागत आइसोलेसनमध्ये आईसीयूमा २१५, भेन्टिलेटरमा ४० जना र क्वारेन्टिनमा १४९ जना रहेको पनि मन्त्रालयले जनाएकाे छ ।

थप २८ जनामा ओमिक्रोन पुष्टि

नेपालमा थप २८ जनामा ओमिक्रोन संक्रमण पुष्टि भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे पत्रकार सम्मेलनमा पछिल्लो पटक गरिएकाे ३२ नमुनाकाे जीन सिक्वेन्सिङको नतिजा अनुसार २८ वटामा  ओमिक्रोन संक्रमण देखिएकाे छ भने बाँकी चारमा डेल्टा भेरियन्ट पुष्टि भएको छ ।यसरी नेपालमा ८८ प्रतिशत ओमिक्रोन र बाँकी डेल्टा भेरियन्ट रहेकाे जानकारी पनि मन्त्रालयले दिएकाे छ ।

नेपालमा कोरोना भाइरसको डेल्टा भेरियन्टलाई ओमिक्रोनले प्रतिस्थापन गर्दै लगेको मन्त्रालयका सह प्रवक्ता अधिकारीले बताएका छन् ।

प्रतिक्रिया