नेपालमा एकैदिन ६,७३४ जनामा कोभिड संक्रमण
नुवाकोट । एकैदिन नेपालमा ६ हजार ७३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित अपटेड अनुसार २४ घण्टामा भएको कुल १७ हजार ४६५ नमुना परीक्षणमध्ये मध्ये सो संख्यामा संक्रमण पाइएको हो ।
१४ हजार १४ पीसीआर परीक्षण गर्दा ५ हजार ७४७ जनामा र ३ हजार ४५१ एन्टिजेन परीक्षण गर्दा ९८७ जनामा संक्रमण देखिएको हो । आइतबारको तुलनामा सोमबार थपिएका संक्रमितको संख्या एक हजार ७७३ जनाले बढि हो । आइतबार ४ हजार ९६१ जनामा संक्रमण देखिएको तथ्यांक सार्वजनिक गरिएको थियो ।
सोमबार कोरोना निको भएर डिस्चार्ज हुनेको संख्या ५४७ रहेको मन्त्रालयले जनाएको छ । सोहि अवधिमा संक्रमणका कारण ज्यान गुमाउनेको संख्या भने तीन रहेको छ ।
उपत्यकामा नै झण्डै ४,००० जनामा संक्रमण पुष्टि
साेमबार काठमाडौंमा २,९४३ जना, ललितपुरमा ७९५ जना र भक्तपुरमा २०१ जना संक्रमित थपिएका छन् । यसरी यस दिन उपत्यकामा कुल तीन हजार ९३९ जनामा संकम्रण पुष्टि भएको छ ।
हाल देशमा ३० हजार ८७७ जना सक्रिय संक्रमित छन् । यस्तै क्वारेन्टिनमा १०० जना रहेका छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













बागमती प्रदेशको आर्थिक वृद्धिमा उच्च सुधार
नेपाल प्रहरीको महानिरीक्षकमा दानबहादुर कार्की नियुक्त
गल्छीमा बोलेरोको ठक्करबाट एक जनाको मृत्यु
गाेरखामा माइक्राेबस दुर्घटना हुँदा १७ जना घाइते
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नुवाकोटको अध्यक्षमा कार्की





प्रतिक्रिया