२२ वर्षपछि फेरि चौघडामा लाखे नाच हुने

नेवार समुदायले आफ्नो परम्परागत मान्यतालाई मजबुत बनाउनका लागि मनाउँदै आएको लाखेनाचलाई यसवर्ष देखि चौघडास्थित सांस्कृति सम्पदा समितिले निरन्तरता दिने भएको छ । नेवार समुदायले विशेष पर्वका रुपमा नै मनाउँदै आएको लाखेनाच केहि विशेष कारणले गर्दा २०५० सालदेखि बन्द हुँदै आएको थियो ।
त्यसपछि पनि स्थानीयहरुले आर्थिक अवस्था तथा अन्य कारणले त्यति चासो दिएका थिएनन् । यस पटकबाट भने स्थानीय संस्थाको सक्रियतामा लाखेनाच सुरु गरिएको चौघडा सांस्कृति सम्पदा समितिका अध्यक्ष बासुदेव श्रेष्ठले जानकारी दिनुभयो । उहाका अनुसार लाखेनाचका लागि स्थानीय रुपमा एक लाख २७ हजार सहयोग प्राप्त भएको छ । सो सहयोगपछि समितिले लाखेनाच का लागि चाहिने मुकुटो,ढलकी, झुर्मा लगायतका सामाग्री खरिद गरिएको जानकारी दिनुभयो ।
उहाले गाईजात्राका दिन लाखेनाचलाई अझ व्यवस्थित बनाउने भन्दै यसका लागि समाजका वुद्धिजीवीदेखि आम सर्वसाधारण र लिखुबासीलाई सहभागिता जनाउन आग्रह गर्नुभयो । नागपञ्चीदेखि अर्थात नेवारी समुदयादले मनाउने गठेमंगलबाट कृष्ण अष्टमीसम्म लाखेनाच मनाउने प्रचलन रहेको छ । अबदेखि यसरी नै लाखेनचलाई निरन्तरता दिने अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।
गाउँपालिका अध्यक्ष धुव्र श्रेष्ठले परम्परागत संस्कृतिको जगेर्ना गर्न गाउँपालिका सँधै तयार रहेको भन्दे आफ्नोतर्फबाट पुर्ण सहयोग हुने जानकारीसमेत दिनुभयो। नुवाकोट जिल्लाका नेवार समुदाय रहेका स्थानमा लाखेनचको कार्यक्रम आयोजना गरिने प्रचलन रहेको छ । जिल्लाको त्रिशली,बेत्रावती, नुवाकोट,दुईपिपल लगायतका स्थानमा भव्य रुपमा लाखेनाच कार्यक्रम आयोजना गरिदै आएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














देशका केही स्थानमा भारी वर्षाको सम्भावना
प्रवासी नेपाली मञ्च यूएईको अध्यक्षमा नुवाकोटका भण्डारी चयन
देउवाले शंशाक कोइराला नेतृत्वको भेलालाई सम्बोधन गर्ने
माथिल्लो मैलुङ खोला जलविद्युत ११ करोड १२ लाख नाफा कमायाे
वेवारिसे अवस्थामा फेला परेका मिजारको वडाध्यक्ष न्यौपानेद्धारा उद्धार





प्रतिक्रिया