२२ वर्षपछि फेरि चौघडामा लाखे नाच हुने

विदुर खबर २०७५ भदौ ५ गते ०:२४
Artists, traditionally known as Lakhes, dance as locals celebrate a festival in Diktel of Khotang district on Thursday, August 18, 2016. Photo: RSS

नेवार समुदायले आफ्नो परम्परागत मान्यतालाई मजबुत बनाउनका लागि मनाउँदै आएको लाखेनाचलाई यसवर्ष देखि चौघडास्थित सांस्कृति सम्पदा समितिले निरन्तरता दिने भएको छ । नेवार समुदायले विशेष पर्वका रुपमा नै मनाउँदै आएको लाखेनाच केहि विशेष कारणले गर्दा २०५० सालदेखि बन्द हुँदै आएको थियो ।

Advertisement

त्यसपछि पनि स्थानीयहरुले आर्थिक अवस्था तथा अन्य कारणले त्यति चासो दिएका थिएनन् । यस पटकबाट भने स्थानीय संस्थाको सक्रियतामा लाखेनाच सुरु गरिएको चौघडा सांस्कृति सम्पदा समितिका अध्यक्ष बासुदेव श्रेष्ठले जानकारी दिनुभयो । उहाका अनुसार लाखेनाचका लागि स्थानीय रुपमा एक लाख २७ हजार सहयोग प्राप्त भएको छ । सो सहयोगपछि समितिले लाखेनाच का लागि चाहिने मुकुटो,ढलकी, झुर्मा लगायतका सामाग्री खरिद गरिएको जानकारी दिनुभयो ।

उहाले गाईजात्राका दिन लाखेनाचलाई अझ व्यवस्थित बनाउने भन्दै यसका लागि समाजका वुद्धिजीवीदेखि आम सर्वसाधारण र लिखुबासीलाई सहभागिता जनाउन आग्रह गर्नुभयो । नागपञ्चीदेखि अर्थात नेवारी समुदयादले मनाउने गठेमंगलबाट कृष्ण अष्टमीसम्म लाखेनाच मनाउने प्रचलन रहेको छ । अबदेखि यसरी नै लाखेनचलाई निरन्तरता दिने अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।

Advertisement

गाउँपालिका अध्यक्ष धुव्र श्रेष्ठले परम्परागत संस्कृतिको जगेर्ना गर्न गाउँपालिका सँधै तयार रहेको भन्दे आफ्नोतर्फबाट पुर्ण सहयोग हुने जानकारीसमेत दिनुभयो। नुवाकोट जिल्लाका नेवार समुदाय रहेका स्थानमा लाखेनचको कार्यक्रम आयोजना गरिने प्रचलन रहेको छ । जिल्लाको त्रिशली,बेत्रावती, नुवाकोट,दुईपिपल लगायतका स्थानमा भव्य रुपमा लाखेनाच कार्यक्रम आयोजना गरिदै आएको छ ।

 

Advertisement

प्रतिक्रिया