नुवाकोटमा भुकम्प सुरक्षा दिवस मनाइयो

विदुर खबर २०७८ माघ २ गते १२:११

नुवाकोट । २४ औ राष्ट्रिय भुकम्प सुरक्षा दिवस नुवाकोटमा विविध कार्यक्रम गरि मनाइएको छ ।

Advertisement

जिल्ला प्रशासन कार्यालय नुवाकोटको आयोजन तथा नेपाल रेडक्रस सोसाईटि नुवाकोट, जिल्लाका सुरक्षा निकायको सहकार्य दिवस मनाइएको हो ।

विदुर नगरपालिका वडा नम्बर ९ को कलोनिस्थित खेलकुद मैदानमा आयोजित कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीले नुवाकोटले भूकम्पपछि उद्धारमा कसरी संयमित भइ प्राथमिक उपचार गर्ने भन्ने बारे जानकारी गराएको थियो ।

Advertisement

कार्यक्रममा सुरक्षा निकाय, नुवाकोट उद्योग वाणिज्य संघ, नेपाल रेडक्रस सोसाइटी लगायत सरकारी तथा गैरसरकारी कार्यलयमा कार्यरत व्यक्तिहरुको सहभागिता रहको थियो ।

विसं १९९० माघ २ गते दिउँसो २ बजेर २४ मिनेटमा भूकम्प गएको सम्झनामा देशभर विभिन्न कार्यक्रम आयोजना गरी राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदै आइएको छ ।

Advertisement

विसं २०५५ देखि माघ २ गतेलाई राष्ट्रिय भूकम्प सुरक्षा दिवसका रुपमा मनाउन थालिएको हो । भूकम्पका बारेमा जनचेतना जगाउने उद्देश्यले सरकारले यो दिवस मनाउन थालेको थियो ।

प्रतिक्रिया