नुवाकोटमा आज एकैदिन १८ जना कोरोना संक्रमित भेटिए

विदुर खबर २०७८ पुष ३० गते २०:२३

नुवाकोट । नुवाकोटमा आज एकैदिन १८ जना कोरोना संक्रमित भेटिएका छन् ।

Advertisement

स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार पछिल्लो २४ घण्टामा जिल्लामा २५ जनाको पिसिआर र ५२ जनाको एनछीजेन परिक्षण गर्दा १८ जनामा कोरोना संक्रमित भेटिएका हुन् ।

स्वास्थ्य कार्यालयका सुचना अधिकारी उत्तमराज खनालका अनुसार पछिल्लो २४ घण्टामा भेटिएका कोरोना संक्रमितमध्ये समान ९÷९ जना महिला र पुरुष रहेका छन् ।

Advertisement

पछिल्लो २४ घण्टामा भेटिएका कोरोना संक्रमितमध्ये विदुर नगरपालिका र शिवपुरी गाउँपालिकाका समान ८÷८ जना रहेका भने लिखु र तादी गाउँपालिकाका एक÷एक जना रहेका छन् ।

यससँगै जिल्लामा कोरोनाका सक्रिय संक्रमितको संख्या ३७ पुगेको छ । सक्रिय संक्रमितमध्ये ३७ जना नै होम आइसोलेसनमा रहेका छन् ।

Advertisement

यससँगै जिल्लामा कोरोना संक्रमितको संख्या ८ हजार ४ सय २७ पुगेको छ । संक्रमितमध्ये ५ हजार ३० जना पुरुष र ३ हजार ३ सय ९७ जना महिला रहेका छन् ।

यस्तै जिल्लामा हालसम्म ८ हजार ३ सय ३८ जना कोरोना संक्रमित कोरोनामुक्त भएर घर फर्किएका छन् ।

स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार हालसम्म जिल्लामा कोरोना संक्रमणबाट ५२ जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया