नेपाल कोरोनाको डेन्जर जोनमा, धमाधम संक्रमित बढ्र्दै
विदुर खबर
२०७८ पुष २९ गते १८:१०

नुवाकोट । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ५ सय ५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

सोही अवधिमा २७१ जना निको हुँदा एक जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १५ हजार ८१ जनामा कोरोना परीक्षण गरिएको थियो ।
यससँगै हालसम्म देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख ४१ हजार २९७ तथा एन्टिजेन विधिबाट भएको परीक्षणमा ९९ हजार २२५ जना पुगेको छ ।
संक्रमितमध्ये हालसम्म ८ लाख १५ हजार ३४७ जना निको भएका छन् भने मृतकको कुल संख्या ११ हजार ६१० पुगेको छ ।
सम्बन्धित
प्रतिक्रिया