नुवाकोटमा तरुलको व्यापार बढ्यो

विदुर खबर २०७८ पुष २८ गते ९:२९

नुवाकोट । माघे संक्रान्ति नजिकिएसँगै नुवाकोटमा तरुलको व्यापार बढेको छ ।

Advertisement

नुवाकोटका बजार क्षेत्रहरुमा गत वर्षको तुलनामा तरुलहरुको व्यापार बढेको हो । तरुलको व्यापार राम्रो भइरहेको बट्टारका व्यापारी सुरज प्रधानले बताए । । उनले आफूले ग्रामिण भेगका साथसाथै काठमाण्डौबाट तरुल ल्याएको र त्यसको मूल्य प्रतिकेजी ७० रुपैयाँ रहेको पनि बताए । गत वर्षभन्दा यस वर्ष तरुलको व्यापार बढेपनि मूल्य भने नबढेको उनको भनाइ रहेको छ ।

यता, चितवनबाट ल्याइएको रातो तरुल भने प्रतिकेजी १५० रुपैयाँ सम्ममा बिक्री भईरहेको व्यापारी ईश्वर ढकालले बताएका छन । रातो तरुल राम्रो हुने भएकाले यसको मूल्य अन्य तरुलको भन्दाबढी भएको उनको भनाइ छ ।

Advertisement

बेलकोटकी कान्छी डोटेलले बट्टार बजारमा तरुलको मुल्य बढी पाइने भएकोले बजार क्षेत्रमा बिक्री गर्न आएको बताइन् ।

यस्तै हावाघरकी मुना थापाले बट्टारमा सस्तोमा पाइने भएकाले तरुल खरिद गर्न आफू बजारमै आएको बताइन ।

Advertisement

अघिल्लो वर्ष कोरोनाका कारण तरुलको व्यापार घटेको थियो भने मूल्य केही बढेको थियो । माघे संक्रान्तिमा तरुल पनि खाने प्रचलन छ । पोषणविद्हरुका अनुसार तरुलले हाम्रो शरीरलाई बलियो बनाउने पोषण दिने गर्दछ ।

प्रतिक्रिया