श्रीकृष्ण सहकारीको चौविसौं वार्षिक साधारणसभा सम्पन्न

विदुर खबर २०७८ पुष २४ गते १६:४४

नुवाकोट । नुवाकोटको बट्टार वजारमा रहेको श्रीकृष्ण बचत तथा ऋण परिचालन सहकारीको चौविसौं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

Advertisement

साधारणसभाको विदुर नगरपालिकाका वडाध्यक्ष टलकमान श्रेष्ठले उद्घाटन गर्नुभएको छ । सभा उद्घाटन गर्दै वडाध्यक्ष श्रेष्ठले सहकारीले यस क्षेत्रका सदस्यको आर्थिक बिकासमा देखाएको क्रियाशिलताको प्रशंसा गर्नुभयो । सभालाइ सम्बोधन गर्दै बिदुर नगरपालिकाका नगर शाखा प्रमुख पुष्कर शर्मा रिमालले सहकारी सन्स्थाहरुले सहकारी एन द्दण्ठद्ध पालना गर्नु पर्नेमा जोड दिनु भयो ।

सभामा संस्थाका अध्यक्ष वच्चुमाया सुनारीले गत आर्थिक वर्ष २०७७÷०७८ को प्रगती प्रतिवेदन र चालु आर्थिक वर्ष २०७८÷०७८ को निती तथा कार्यक्रम प्रस्तुत गर्नुभएको छ । संस्थामा हाल सम्ममा १ हजार ३ सय ९१ जनाको २ करोड ३२ लाख ३२ हजार रुपैयाँ शेयरपँुजी रहेको अध्यक्ष सुनारीको प्रतिवेदनमा जनाईएको छ ।

Advertisement

साधारणसभामा संस्थाका कोषाध्यक्ष गजेन्द्र खड्का परमार्थीले आर्थिक प्रतिवेदन तथा प्रस्तावित वजेट प्रस्तुत गर्नुभएको छ । संस्थाले गत आव २०७७÷२०७८ मा ११ करोड १ लाख २३ हजार ७ सय ७१ रुपैयाँ ऋण लगानी गरी १६ लाख २७ हजार रुपैयाँ नाफा आर्जन गरेको कोषाध्यक्ष खड्काको प्रतिवेदनमा जनाईएको छ ।

साधारणसभामा लेखासमिति संयोजक राजेन्द्र तिवारीले लेखा समितिको प्रतिवेदन प्रस्तुत गर्नुभयो । साधारणसभामा संस्थाका संस्थापकहरु दिपक अधिकारी गोमा अधिकारी, डोमा तामाङ र गंगा शाही बोगटीलाई सम्मानित गरिएको छ । यस्तै उत्कृष्ट कारोवार गर्ने सदस्य दिपक मिजार र उत्कृष्ट बचत गर्ने ज्ञानुकुमारी अमात्य श्रेष्ठ र बाबुराम शर्मा अधिकारीलाई सम्मानित गरिएको सचिव श्रीराम नेपालले जानकारी दिनुभयो ।

Advertisement

प्रतिक्रिया