नेपालमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढ्यो
नुवाकोट । नेपालमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ ।

शुक्रबार ९६८ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार २७२ पीसीआर परीक्षण गर्दा ५७२ जनामा र ६ हजार ६९९ एन्टिजेन परीक्षण गर्दा ३९६ जनामा संक्रमण पाइएको हो ।
बिहीबारको तुलनामा शुक्रबार झण्डै दोब्बरले कोरोना संक्रमण बढेको छ । बिहीबार ५४० जना संक्रमित थपिएका थिए । उक्त संख्याको तुलनामा कोरोना संक्रमण पुष्टि हुने संख्या आज ४२८ ले बढि हो ।
मन्त्रालयको नियमित अपटेड अनुसार २४ घण्टामा कुनै संक्रमितको निधन भएको छैन । तर सोहि अवधिमा २६२ जना संक्रमण मुक्त भएका छन् । अहिले नेपालमा ५ हजार ७४१ जना सक्रिय संक्रमित छन् ।
आज थपिएका संक्रमितमध्ये काठमाडौंका २८४ जना, ललितपुरका ६२ जना र भक्तपुरका २३ जना रहेका छन् । यस हिसाबले एक दिनमा उपत्यकाभित्र ३६९ जनामा संक्रमण पुष्टि भएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












किस्पाङका कृषकहरूलाई ५० प्रतिशत अनुदानमा दुहुनो गाई भैंसी वितरण
ब्लड डोनर्स एसोसिएसन नुवाकोटको रत्तदान कार्यक्रम सम्पन्न
नुवाकोटको तारकेश्वरका विक्रम थापा मगर पक्राउ
लाङटाङमा रोपिएको स्याउ सप्रिएपछि गाउँले खुशी
रास्वपा नुवाकोटको सभापतिमा रामेश्वर गजुरेल निर्वाचित





प्रतिक्रिया