एमाले नुवाकोटको जिल्ला अधिवेशन आज, सर्वसहमत नेतृत्व चयन गर्ने प्रयास

विदुर खबर २०७८ पुष २३ गते १०:३२

नुवाकोट । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका ७७ वटै जिल्लाका अधिवेशन आज (शुक्रबार) एकै दिन सुरु हुँदै छ। 

Advertisement

अधिवेशनको एमाले अध्यक्ष केपी शर्मा ओलीले एकैसाथ ’भर्चुअल’ माध्यमबाट उद्घाटन गर्ने भएका छन्। बिहान ११ बजे अध्यक्ष ओलीले भर्चुअल माध्यमबाट अधिवेशनको उद्घाटन गर्ने तय भएको एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिए।

ओलीले अधिवेशन उद्घाटनसँगै सम्बोधन गर्ने कार्यक्रम पनि रहेको छ। पार्टी केन्द्रीय कार्यालयबाट ओलीले सम्बोधन गर्न लागेका हुन्। देशभरका अधिवेशन स्थलमा अध्यक्ष ओलीको कार्यक्रमको प्रत्यक्ष प्रसारणको व्यवस्था मिलाइएको छ।

Advertisement

महाधिवेशनमा ‘दक्षिणपन्थी अवसरवाद र सङ्गठनात्मक अराजकतालाई परास्त गरौँ, जबजको मार्गदर्शनमा समाजवादका आधार निर्माण गरौँ’ भन्ने मूल नारा तय गरेको एमालेले जिल्ला अधिवेशनको तयारीका लागि सम्बन्धित कमिटीलाई परिचालन गरेको छ। ती जिल्लाबाट केन्द्रीय नेतृत्वमा पुगेका नेता तथा तोकिएका जिल्ला इञ्चार्ज गृह जिल्लामा पुगेका छन्। 

अधिवेशनमा प्रतिनिधिलाई सर्वसम्मत नेतृत्व चयनका लागि प्रेरित गर्ने र सहमति हुन नसकेको अवस्थामा निर्वाचनको विधि अवलम्बन गर्न एमालेले सर्कुलर गरेको छ। निर्वाचनको विधि र प्रक्रियाका हकमा पार्टीको केन्द्रीय निर्वाचन आयोगको निर्देशनअनुसार गर्न पनि भनिएको छ।

Advertisement

प्रतिक्रिया