नेकपा एमाले नुवाकोट दुई खेमामा विभाजित

विदुर खबर २०७८ पुष २२ गते २१:०५

नुवाकोट । नेकपा एमाले नुवाकोटले शुक्रबार जिल्ला अधिवेशन गर्न लागेको छ ।

Advertisement

अधिवेशनको तयारी पूरा भइसकेकाले भोलि २३ गते ७७ वटै जिल्ला अधिवेशनको उद्घाटन अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट गर्ने कार्यक्रम रहेको छ । एमालेले सकेसम्म सर्वसम्मत नेतृत्व चयनका लागि पहल गर्न निर्देशन दिएको भए पनि नुवाकोट एमालेमा सर्वसम्मत नहुने अवस्था देखिएको छ ।

भोलि हने नुवाकोटको सातौँ अधिवेशनले आगामी तीन वर्षका लागि अध्यक्ष, उपाध्यक्ष, सचिव र दुई उपसचिव गरी पाँच पदाधिकारीसहित एक सय पाँचजना जिल्ला कमिटी निर्वाचित गर्नेछ ।

Advertisement

निर्वाचित कमिटीमा ३३ प्रतिशत महिला सहभागिता अनिवार्य एमालेको विधानमा व्यवस्था गरिएको छ । जिल्ला अधिवेशनले जिल्ला कमिटीमा पाँच पदाधिकारी चयन गर्ने भए पनि दई दर्जन आकाङ्क्षी देखिएको छ । एमालेका नेताहरू सर्वसम्मत भन्दापनि आन्तरिक पतिस्पर्धा गरेर नेतृत्व चयन गर्न सक्रिय भइरहेका छन् । नेतृत्वमा आकाङ्क्षी धेरै हँदा नुवाकोट एमालेलाई पदाधिकारी सर्वसम्मत चयन गर्न सकस देखिएको छ ।

जिल्ला अध्यक्षका लागि सर्वसम्मत भएमा अहिलेका जिल्ला अध्यक्ष नारायणपसाद खतिवडा र प्रदेश कमिटी सदस्य एवम् वाम बुद्धिजीवी÷विश्लेषक रामशरण प्याकरेलमध्ये एक हुने गरी नेताबीचको छलफल भइरहेको छ ।

Advertisement

उक्त पयास सफल नभएमा अहिले जिल्ला कमिटीमा रहेका उपाध्यक्ष बद्री मैनाली, सचिव बद्धिबहादुर पधान, प्रदेश कमिटी सदस्य ठाकुरप्रसाद गजुरेल, वासुदेव कडुवाल आकाङ्क्षी देखिएका छन् ।

त्यसैगरी, उपाध्यक्षमा पूर्णलाल श्रेष्ठ, गणेश श्रेष्ठ, जितेन्द विष्ट, गीताकुमारी दाहाल, अजितमान तामाङ, सावित्री प्याकरेल, बच्च माया सुनारी मगर, प्रदेश सांसद आशामाया तामाङ, शिव चित्रकार आकाङ्क्षी देखिएका छन् ।

त्यसैगरी, सचिवमा हाल जिल्ला कमिटीका उपसचिव विष्णु लोहनी, गत छैटौँ जिल्ला अधिवेशनमा पराजित बेलकोटगढी नगरपालिकाको मेयर राजेन्द्ररमण खनाल, नारायण घिमिरे, सदर्शन नेपाल, काशी अधिकारी, ठाकुरु पडासैनी, हरि अधिकारी, सम्मरबहादु आलेमगर, अरुण श्रेष्ठ, विदुर नगरपालिकाका मेयर सञ्जु पण्डित आकाङ्क्षी देखिएका छन् ।

त्यसैगरी, दई उपसचिवका लागि शरण उत्सुक सापकोटा, रमेश न्यौपाने, बलराम आचार्य, मनोज उप्रेती, राजेन्द्रप्रकाश पाण्डे, रोजिना राई, निर्मला अधिकारी, वीरबल तामाङ, तारादेवी रिमाल, मंगलमाया प्रजापति, सुमन पाठक, काजीमान डङ्गोल, तारकेश्वर गाउँपालिकाका अध्यक्ष रमेश वस्ती आकाङ्क्षी देखिएका
छन् ।

अधिवेशनले अनभवी र जिल्ला कमिटीमा रहेर दई कार्यकालभन्दा बढी काम गरिसकेकालाई पदाधिकारीमा ल्याउनुपर्ने धारणा अधिकांश युवा पतिनिधिको रहेको छ । एमाले नुवाकोट अहिले सातौँ जिल्ला अधिवेशनको तयारीमा जटेको छ । ०७१ फागुनमा छैटौँ अधिवेशन गरेको नवाकोट एमालेले सात वर्षपछि अधिवेशन गर्न लागेको हो ।

सम्बन्धित समाचार

एमाले नुवाकोटको अध्यक्षमा मैनाली र प्रधानको दाबेदार

प्रतिक्रिया