नेपालमा फेरि फैलिँदै कोराेना भाइरस, दुई महिना यताकै उच्च
नुवाकोट । नेपालमा कोभिड १९ संक्रमण फेरि फैलिँदैछ । बिहीबार थप ५४० जना संक्रमित थपिएका छन् ।

यो संख्या दुुई महिना यतिकै उच्च हो । यस अघि कार्तिक २३ गते ५३३ जनामा संक्रमण पुष्टि भएको थियो । तर त्यसपछि भने बिस्तारै संक्रमण दर घटेको थियो । तर विगत केहि दिनमा नेपालमा संक्रमितको संख्या निरन्तर वृद्धि भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकले देखाउँछ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भएको कुल १२ हजार ९९ नमुना परीक्षणमध्ये ४७८ जनामा पीसीआर परीक्षणद्वारा र एन्टिजेन परीक्षणद्वारा ६२ जनामा संक्रमण पाइएको हो । सोहि अवधिमा २७१ जना भने संक्रमण मुक्त भएका छन् ।
एक दिनमा संक्रमणका कारण एक जनाले ज्यान गुमाएका छन् । आज काठमाडौं उपत्यकामा ३१० जनामा संक्रमित पाइएको छ । तीमध्ये काठमाडौंमा २२१, भक्तपुरमा ३० र ललितपुरमा ५९ गरी ३१० जना थपिएका हुन्।
हाल देशभरमा कुल पाँच हजार ४३१ जना सक्रिय संक्रमित छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












किस्पाङका कृषकहरूलाई ५० प्रतिशत अनुदानमा दुहुनो गाई भैंसी वितरण
ब्लड डोनर्स एसोसिएसन नुवाकोटको रत्तदान कार्यक्रम सम्पन्न
नुवाकोटको तारकेश्वरका विक्रम थापा मगर पक्राउ
लाङटाङमा रोपिएको स्याउ सप्रिएपछि गाउँले खुशी
रास्वपा नुवाकोटको सभापतिमा रामेश्वर गजुरेल निर्वाचित





प्रतिक्रिया