को हुन् माओवादी केन्द्रीय सदस्य आर तामाङ

विदुर खबर २०७८ पुष २० गते १०:५७

नुवाकोट । नेकपा (माओवादी केन्द्र)को आठौं महाधिवेशन २३६ सदस्यीय केन्द्रीय सदस्यको नाम घोषणा गर्दै  आइतबार समापनि गरिएको छ। अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले घोषणा गरेको सदस्यको सूचीमा केही छोटकरी नामसमेत समेटिएको छ।

Advertisement

केन्द्रीय सदस्यमा रहेको आर तामाङ को हुन् भनेर पार्टीभित्रै  खोजी सुरु भएको एक नेताले बताए। यसअघि पी र आर भएका केन्द्रीय सदस्य कोही नभएको ती नेताको बताए। 

प्रचण्डले सार्वजनिक गरेको सूची तर्फ समानुपातिक तर्फ जनजाति महिलाको सूचीमा ’छद्म’ नाम हो– आर तामाङ। उनी हुन् बागमती प्रदेशसभाकी उपसभामुख राधिका तामाङ।

Advertisement

तामाङ २०५५ साल देखि माओवादीको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)को सदस्य हुँदै २०५७ सालमा भूमिगत भएकी थिइन्। उनी यसअघि पनि केन्द्रीय सदस्य थिइन्। 

Advertisement

प्रतिक्रिया