चिसो बढ्दा नुवाकोटको जनजीवन प्रभावित
नुवाकोट । केही दिनयता मौसममा बदली आएसंगै नुवाकोटसहित देशका अधिकांश भू–भागमा वर्षासँगै चिसो बढेको छ ।

जिल्लाको उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात भएको छ भने रसुवामा व्याक हिमपात भएको छ । जिल्लाको माथिल्लो भेगमा भएको हिमपात र वर्षाले हिउँदे बालीलाई राहत पुगेपनि चिसो बढ्दा जनजीवन कष्टपूर्ण बनेको छ ।
नुवाकोट र रसुवाका डाँडा हिउले ढाकिएका छन । जिल्लामा यो हिउदमा पहिलो पटक हिमपात भएको हो । मंगलबार रातीदेखि नै सुरु भएको वर्षाले हिमाली क्षेत्रमा हिमपात भएको छ ।
वर्षा र हिमपातले चिसो बढेको छ । मंगलबारदेखिकै बदली र चिसोका कारण जनजीवन प्रभावित भएको छ । चिसो बढेपछि मानिसहरु घरबाहिर निस्कनै मुस्किल परेको छ ।
चिसो बढेपछि दैनिक मजदुरी गरी गुजारा गर्ने वर्ग अझ बढी प्रभावित भएका छन ।
पर्यटकीय क्षेत्रले भने हिमपातको लाभ लिइरहेका छन । शेताम्य डाडाकाडामा बुधबार हिउ खेल्न जानेको लर्को नै थियो ।
जाडोले कष्ट थपेपनि आकाशे पानीको भरमा खेती गर्ने किसानलाई वर्षा र हिमपातले भने राहत दिलाएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












Breaking News कांग्रेस नेता एवं पूर्वमन्त्री दिपक खड्का पक्राउ
आजको मौसम : चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
नुवाकाेटमा बालेन्द्र र सुधनविरूद्ध नाराबाजी
सार्वजनिक प्रशासनमा दलीय ट्रेड युनियन खारेज गरिने
ओलीको रिहा माग्दै नुवाकाेटमा प्रदर्शन





प्रतिक्रिया