चिसो बढ्दा नुवाकोटको जनजीवन प्रभावित
नुवाकोट । केही दिनयता मौसममा बदली आएसंगै नुवाकोटसहित देशका अधिकांश भू–भागमा वर्षासँगै चिसो बढेको छ ।

जिल्लाको उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात भएको छ भने रसुवामा व्याक हिमपात भएको छ । जिल्लाको माथिल्लो भेगमा भएको हिमपात र वर्षाले हिउँदे बालीलाई राहत पुगेपनि चिसो बढ्दा जनजीवन कष्टपूर्ण बनेको छ ।
नुवाकोट र रसुवाका डाँडा हिउले ढाकिएका छन । जिल्लामा यो हिउदमा पहिलो पटक हिमपात भएको हो । मंगलबार रातीदेखि नै सुरु भएको वर्षाले हिमाली क्षेत्रमा हिमपात भएको छ ।
वर्षा र हिमपातले चिसो बढेको छ । मंगलबारदेखिकै बदली र चिसोका कारण जनजीवन प्रभावित भएको छ । चिसो बढेपछि मानिसहरु घरबाहिर निस्कनै मुस्किल परेको छ ।
चिसो बढेपछि दैनिक मजदुरी गरी गुजारा गर्ने वर्ग अझ बढी प्रभावित भएका छन ।
पर्यटकीय क्षेत्रले भने हिमपातको लाभ लिइरहेका छन । शेताम्य डाडाकाडामा बुधबार हिउ खेल्न जानेको लर्को नै थियो ।
जाडोले कष्ट थपेपनि आकाशे पानीको भरमा खेती गर्ने किसानलाई वर्षा र हिमपातले भने राहत दिलाएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













बागमती प्रदेशमा भारी वर्षाको संभावना, सतर्कता अपनाउन आग्रह
मनाङमा हिमपातपछि फसेका व्यक्तिहरुको उद्धार
नुवाकोटमा वर्षातकै बीचमा धान भित्र्याउन किसान व्यस्त
रसुवामा हिमपातको सम्भावना,सर्तकता अपनाउन आग्रह
जेनजी आन्दोलनमा प्रहरी हत्याको आरोपमा रसुवाका सौरभ समातिए





प्रतिक्रिया