हाम्रो केही बिगार्दैन मधुमेहले, केवल यी कुरामा ख्याल राखौं

विदुर खबर २०७४ फागुन १० गते ९:३०

मधुमेह यस्तो रोग हो, जसलाई नियन्त्रण गरिएन भने, त्यसले अरु रोग पैदा गर्छ । जस्तो कि, उच्च रक्तचाप, मुटु रोग, मृगौला रोग आदि ।

Advertisement

तर, डराइहाल्नुपर्ने केहि छैन । किनभने केहि सावधानी अपनाउने हो भने यी सबै खतराबाट बच्न सकिन्छ ।

जब कसैलाई पहिलो पटक मधुमेह भएको थाहा हुन्छ, उनीहरु एकदम चिन्तित हुने गर्छन् । उनीहरुको मन एउटै प्रश्नले रिंगाइरहन्छ, ‘के जरैदेखि मधुमेह हटाउन सकिन्छ ?’ यस प्रश्नको उत्तर जान्नका लागि मधुमेहको प्रकृतिबारे जान्नुपर्ने हुन्छ ।

Advertisement

टाइप- १ मधुमेह

यस मधुमेहमा शरीरको सेतो कोशिका पेन्कि्रयाजलाई इन्सुलिन बनाउने कोशिकालाई नष्ट गरिदिन्छ । यहि कारण शरीरमा इन्सुलिनको कमी हुन्छ । टाइप १ मधुमेह कुन कारणले हुन्छ भन्ने कुरा भेउ पाउन गाह्रो हुन्छ । यद्यपी यो जो कोहिलाई हुन सक्छ ।

Advertisement

टाइप- २ मधुमेह

धेरैजसो अवस्थामा टाइप-२ मधुमेह देखिन्छ । शरीरमा बन्ने इन्सुलिन सही उपयोग हुन नसकेर यस्तो मधुमेह हुनसक्छ । शरीरमा इन्सुलिनको अतिरिक्त मात्राका कारण पेन्कि्रयाज उचित मात्रामा इन्सुलिन बनाउन पाउँदैन । यसो हुनुमा हाम्रो अस्वस्थ्यकर जीवनशैली पहिलो कारण हो । जस्तो जे पायो त्यही खानु, व्यायाम नगर्नु आदि ।

यो सत्य हो

मधुमेहलाई जरैदेखि उखेल्नु कठिन छ । तर, के पनि सत्य हो भने यसलाई नियन्त्रण राख्न सकिन्छ । नियन्त्रणमा राखेर सुखद जीवनयापन गर्न संभव छ ।

मधुमेह कसरी नियन्त्रण गर्ने त ? यसका लागि चार वटा मन्त्र छ । एक खानपान -आहार), दोस्रो व्यायाम, तेस्रो नियमित शुगर जाँच र चौथो औषधीको उचित सेवन ।

कस्तो हुनुपर्छ खानपान ?

उपयुक्त आहार र व्यायाम गर्नु नै मधुमेह नियन्त्रणको पहिलो सर्त हो । खासमा खाना पेट भर्ने र जिब्रोको स्वाद लिने मात्र होइन ।

आम धारणा के छ भने, चिनी वा चिनीजन्य खानेकुराको अत्याधिक सेवन नै मधुमेहको प्रमूख कारण हो । तर, सत्य के हो भने हाम्रो खानामा पोषक तत्वको असन्तुलन हुनु नै मधुमेहको कारण हो । त्यसैले पौष्टिक आहारले मधुमेह नियन्त्रणमा महत्वपूर्ण भूमिका खेल्छ ।

-मधुमेहमा खानाको मात्रा, खानाको गुणवत्ता अथवा खानाको समयमा ध्यान दिनु अनिवार्य छ । हाम्रो खानामा प्राय रिफाइन्ड अन्न, बोसोको मात्रा अधिक हुन्छ । त्यसैले यस्तो खानेकुरामा नियन्त्रण राख्नुपर्छ ।

-आहारमा बढीभन्दा बढी रेशायुक्त अन्न जस्तो कि, दाल, ओट्स, चोकरयुक्त आटाको सेवन लाभदायक हुन्छ ।

-तेल, घिउको उपयोग सकेसम्म कम गरौं । तेललाई नियमित रुपले बदल्नुपर्छ ।

-हाम्रो खानामा सब्जी र प्रोटिनयुक्त खाद्य पदार्थको खास अभाव हुनेगर्छ । त्यसैले हरियो सब्जी बढीभन्दा बढी सेवन गरौं । दाल, चना, दुध, दही, अन्डा जस्ता खानेकुरा सेवन गर्नुपर्छ ।

-खानाका साथै फल, चना, अंकुरित गेडागुडी खानुपर्छ ।

व्यायाम सम्बन्धी जानकारी

व्यायाम नगर्दा इन्सुलिनमा पुरा प्रभाव पर्छै । त्यसैले व्यायाम गर्नु आवश्यक छ । धेरैले के सोच्छन् भने, बिहान खाली पेट व्यायाम गर्नु राम्रो हो । तर मधुमेह रोगीले यसमा केहि ध्यान दिनुपर्छ । व्यायाम दिनमा कुनैपनि समय गर्न सकिनेछ, तर एक नियम अनिवार्य लागु गर्नुपर्छ ।

मधुमेह रोगीले खाली पेट व्यायाम गर्दा शुगर कम हुने आशंका बढ्न सक्छ । त्यसैले व्यायाम गर्नुअघि फल वा बदाम वा ओखर सेवन गर्नु लाभदायक हुन्छ । मधुमेहमा एरोबिक्स व्यायाम, पौडी, जगिङ लाभदायक हुन्छ । यसका साथै योग, मेडिटेशनले मानसिक तनाव कम गर्छ । जीवनशैलीमा यस किसिमको सकारात्मक परिवर्तनले मधुमेह नियन्त्रण सहजै हुन्छ ।

नियमित रुपले शुगर जाँच

मधुमेह नियन्त्रणका लागि अनिवार्य रुपमा शुगरको जाँच गराइरहनुपर्छ । किनभने, शुगर बढेर पनि त्यसको संकेत नदेखिन सक्छ । त्यसैले शुगर बढेको अवस्थामा गरिने असावधानीले जटिल समस्या ल्याउन सक्छ ।

साथसाथै शुगर कम हुँदा पनि जाँच गर्नुपर्छ । यसका साथै एचबी ए १ सी टेस्ट, शुगर तीन महिनामा एक पटक जाँच गर्नुपर्छ ।

एलोपेथिक हानिकारक छैन

धेरैले के ठान्ने गर्छन् भने, एलोपेथिक औषधीको खराब असर हुन्छ । यस्तो अवस्थामा मधुमेहको रोगीमा अनेक संकुचित भावना पनि आउँछ । यही कारण रोगीले बैकल्पिक चिकित्सा जस्तो कि आयुर्वेदिक, होमोपेथिक, युनानी आदि प्रयोग गर्छन् । यस्तो किनपनि भइरहेको छ भने, अहिले विभिन्न माध्यामद्वारा यस्ता मनगढन्ते कुरा फैलाइएको छ ।

आयुर्वेदिक उपचार नराम्रो भन्ने होइन । तर, त्यसको खुराक, विधी आदि नियमवद्ध हुनुपर्छ । त्यसैले एलोपेथिक औषधी नछाडौं ।

प्रतिक्रिया