नुवाकोटमा थप एकजना कोरोना संक्रमितको मृत्यु
विदुर खबर
२०७८ मंसिर १९ गते १९:२२
नुवाकोट । नुवाकोटमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा लिखु गाउँपालिका वडा नम्बर ३ का ४५ वर्षिय एक महिला रहेको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।
उनको शनिवार त्रिशुली अस्पतालमा मृत्यु भएको स्वास्थ्य कार्यालय नुवाकोटका सुचना अधिकारी उत्तमराज खनालले जानकारी दिए ।
यससँगै नुवाकोटमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५२ पुगेको छ ।
नुवाकोटमा हालसम्म ८ हजार ३ सय ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये ८ हजार ३ सय ८ जना कोरानामुक्त भएर घर फकिएका छन् ।
Advertisement
जिल्लामा हालसम्म २८ हजार ६ सय ७४ जनाको पिसिआर परिक्षण गरिएको छ । नुवाकोटमा हाल सक्रिय कोरोना संक्रमितको संख्या १७ पुगेको छ ।
सक्रिय कोरोना संक्रमितमध्ये १५ जना होम आइसोलेसनमा रहेका छन् ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














उपकार सहकारी नयाँ स्थानबाट पुनः सञ्चालनमा
बिदुर ५ का बाढी प्रभावितहरुलाई रेडक्रसको नगद सहयोग
नुवाकाेटमा बाढीले बगाएका ‘लकर’का धनी खोज्दै प्रहरी
नेपाली कांग्रेस नुवाकोट क्षेत्र नं २ प्रदेश “क” सचिव रिजाल संस्थापनइतर पक्षमा खुले
विस्थापित परिवारलाई ५० हजार राहत दिने तारकेश्वर गाउँपालिकाको निर्णय, वडाको सिफारिससहित सम्पर्क गर्न आग्रह





प्रतिक्रिया