नुवाकोटमा थप एकजना कोरोना संक्रमितको मृत्यु

विदुर खबर २०७८ मंसिर १९ गते १९:२२

नुवाकोट । नुवाकोटमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

Advertisement

मृत्यु हुनेमा लिखु गाउँपालिका वडा नम्बर ३ का ४५ वर्षिय एक महिला रहेको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।

उनको शनिवार त्रिशुली अस्पतालमा मृत्यु भएको स्वास्थ्य कार्यालय नुवाकोटका सुचना अधिकारी उत्तमराज खनालले जानकारी दिए ।

Advertisement

यससँगै नुवाकोटमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५२ पुगेको छ ।

नुवाकोटमा हालसम्म ८ हजार ३ सय ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये ८ हजार ३ सय ८ जना कोरानामुक्त भएर घर फकिएका छन् ।

Advertisement

जिल्लामा हालसम्म २८ हजार ६ सय ७४ जनाको पिसिआर परिक्षण गरिएको छ । नुवाकोटमा हाल सक्रिय कोरोना संक्रमितको संख्या १७ पुगेको छ ।

सक्रिय कोरोना संक्रमितमध्ये १५ जना होम आइसोलेसनमा रहेका छन् ।

प्रतिक्रिया