कांग्रेस महाधिवेशन : बागमती प्रदेशमा सभापतिको लागि पुन मतदान हुने

विदुर खबर २०७८ मंसिर १९ गते ७:५६

नुवाकोट । नेपाली कांग्रेस बाग्मति प्रदेशको सभापतिमा पुन मतदान हुने भएको छ ।

Advertisement

शनिवार सम्पन्न भएको मतगणनामा कुनैपनि प्रतिष्पर्धीले ५० प्रतिशत मत प्राप्त गर्न नसकेपछि पुन मतदान हुने भएको हो ।

कुल खसेको २ हजार ८३ मतको ५० प्रतिशत मत कुनैपनि उम्मेद्धवारले पाउन नसकेपछि पुन मतदान हुने भएको हो ।

Advertisement

सभापतिमा सबैभन्दा बढी मत इन्द्र वाँनियाले ९ सय ९२ मत प्राप्त गरे । यस्तै जगदीश्वरनरसिंह के.सीले ८ सय ७२ मत प्राप्त गर्दा भिमसेनदास प्रधानले एकसय ९७ मत प्राप्त गरे ।

अब सबैभन्दा धेरै मत प्राप्त गर्ने दुई उम्मेद्धवार बाँनिया र केसीबिच पुन दोस्रो चरणमा प्रतिष्पर्धा हुनेछ ।

Advertisement

खसेको कुल मत २ हजार ८३ मतमध्ये २२ मत बदर भएको थियो ।

प्रतिक्रिया