नेकपा नुवाकोटको अध्यक्ष पुर्व माओवादी केन्द्रको भागमा, रसुवा एमालेको पोल्टामा

विदुर खबर २०७५ भदौ ४ गते १:१६

Advertisement

नुवाकोट, नेकपा नुवाकोटको अध्यक्षको पद पुर्व माओवादी केन्द्रको पोल्टामा परेको छ भने रसुवा एमालेको भागमा परेको छ ।

देश नं ३ का तर्फबाट एकताका लागि गठित कार्यदलका अष्टलक्ष्मी शाक्य, अग्नि सापकोटा, काशीनाथ अधिकारी र नारायण दाहालको कार्यदलले प्रदेश कमिटी, जिल्ला कमिटी र केन्द्रीय सल्लाहकारसहितको नामावली बुझाएको हो । प्रदेश नं ३ को २१७ सदस्यीय प्रदेश कमिटी गठन गरिएको छ । कार्यदलका सदस्य अधिकारीका अनुसार प्रदेशमा रहेका १३ जिल्लामध्ये आठ पूर्वनेकपा ९एमाले० र पाँच जिल्ला पूर्वनेकपा ९माआवादी केन्द्र० नेतृत्व बाँडफाड गरिएको छ ।

Advertisement

पूर्व एमालेको भागमा काठमाडौँ, ललितपुर, सिन्धुपाञ्चोक, रसुवा, दोलखा, धादिङ, मकवानपुर र भक्तपुर रहेका छ भने पूर्व माओवादी केन्द्रको भागमा चितवन, काभ्रे, सिन्धुली, रामेछाप र नुवाकोट रहेका छन् । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रदेश नं ३ को गठित कार्यदलले  प्रतिवेदन बुझाएको छ । नेकपाको केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा नेकपाका महासचिव विष्णु पौडेललाई प्रदेशका कार्यदलका सदस्यले प्रतिवेदन बुझाएका हुन् ।

प्रदेश नं ३ का तर्फबाट एकताका लागि गठित कार्यदलका अष्टलक्ष्मी शाक्य, अग्नि सापकोटा, काशीनाथ अधिकारी र नारायण दाहालको कार्यदलले प्रदेश कमिटी, जिल्ला कमिटी र केन्द्रीय सल्लाहकारसहितको नामावली बुझाएको हो । यसैगरी जिल्ला कमिटीको नेतृत्वमा सहमति हुन नसक्दा केन्द्रलाई नै सहमति गर्न पठाइएको छ । नेकपाको एकता भएपछि पार्टीले साउन मसान्तसम्म एकताको प्रतिवेदन बुझाउन भने तापनि आइतबार मात्र प्रदेश नंं ३ प्रदेशले प्रतिवेदन बुझाएका हुन् ।

Advertisement

प्रतिक्रिया