नुवाकोटमा कोरोनाका सक्रिय संक्रमित १८ पुगे
नुवाकोट । नुवाकोटमा कोरोनाको सक्रिय संक्रमितको संख्या १८ जना पुगेको छ ।

स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार जिल्लामा पछिल्लो २४ घण्टामा २ जना कोरोना संक्रमित भेटिएसँगै जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्या १८ पुगेको हो ।
कार्यालयका सुचना अधिकारी उत्तमराज खनालका अनुसार पछिल्लो २४ घण्टामा जिल्लामा १८ जनाको पिसिआर परिक्षण गर्दा २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा भेटिएका कोरोना संक्रमितमध्ये दुबै जना पुरुष रहेका छन् । उनीहरुमध्ये एकजना विदुर नगरपालिकाका र अर्काे एकजना शिवपुरी गाउँपालिकाका रहेका छन् ।
यससँगै नुवाकोटमा कोरोना संक्रमितको संख्या ८ हजार ३ सय ७७ पुगेको कार्यालयका सुचना अधिकारी खनालले बताए ।
यस्तै नुवाकोटमा कोरोनामुक्त भएर घर फर्कनेको संख्या ८ हजार ३ सय ८ पुगेको छ । जिल्लामा हालसम्म २८ हजार ६ सय ७४ जनाको पिसिआर परिक्षण गरिएको छ ।
नुवाकोटमा हालसम्म कोरोना संक्रमणबाट ५१ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












Breaking News कांग्रेस नेता एवं पूर्वमन्त्री दिपक खड्का पक्राउ
आजको मौसम : चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
नुवाकाेटमा बालेन्द्र र सुधनविरूद्ध नाराबाजी
सार्वजनिक प्रशासनमा दलीय ट्रेड युनियन खारेज गरिने
ओलीको रिहा माग्दै नुवाकाेटमा प्रदर्शन





प्रतिक्रिया