नुवाकोटमा कोरोनाका सक्रिय संक्रमित १८ पुगे

विदुर खबर २०७८ मंसिर १८ गते १०:३१

नुवाकोट । नुवाकोटमा कोरोनाको सक्रिय संक्रमितको संख्या १८ जना पुगेको छ ।

Advertisement

स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार जिल्लामा पछिल्लो २४ घण्टामा २ जना कोरोना संक्रमित भेटिएसँगै जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्या १८ पुगेको हो ।

कार्यालयका सुचना अधिकारी उत्तमराज खनालका अनुसार पछिल्लो २४ घण्टामा जिल्लामा १८ जनाको पिसिआर परिक्षण गर्दा २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

Advertisement

पछिल्लो २४ घण्टामा भेटिएका कोरोना संक्रमितमध्ये दुबै जना पुरुष रहेका छन् । उनीहरुमध्ये एकजना विदुर नगरपालिकाका र अर्काे एकजना शिवपुरी गाउँपालिकाका रहेका छन् ।

यससँगै नुवाकोटमा कोरोना संक्रमितको संख्या ८ हजार ३ सय ७७ पुगेको कार्यालयका सुचना अधिकारी खनालले बताए ।

Advertisement

यस्तै नुवाकोटमा कोरोनामुक्त भएर घर फर्कनेको संख्या ८ हजार ३ सय ८ पुगेको छ । जिल्लामा हालसम्म २८ हजार ६ सय ७४ जनाको पिसिआर परिक्षण गरिएको छ ।

नुवाकोटमा हालसम्म कोरोना संक्रमणबाट ५१ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।

प्रतिक्रिया