नुवाकोटमा मतदाता संख्या २ लाख २८ हजार पुग्यो

विदुर खबर २०७८ मंसिर १४ गते १९:३५

विदुर । नुवाकोटमा मतदाता संख्या दुई लाख २८ हजार ७ सय ६२ पुगेको छ ।

Advertisement

जिल्ला निर्वाचन कार्यालयका अनुसार मतदातामध्ये एकलाख १७ हजार ६ सय ६७ जना महिला, एकलाख १० हजार ६ सय ८३ जना पुरुष र ३ जना तेस्रो लिंगी गरी कुल दुईलाख २८ हजार ७ सय ६२ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय नुवाकोटले जनाएको छ ।
मंगलवार जिल्ला निर्वाचन कार्यालय नुवाकोटले आयोजना गरेको सरोकारवालाहरुसँगको अन्र्तरक्रिया कार्यक्रममा बोल्दै जिल्ला निर्वाचन अधिकारी राकेश गुङले सो जानकारी गराएका हुन् ।

जिल्लाको विभिन्न स्थानिय तहमा पुगेर कार्यालयले मंसिर १७ गतेदेखि फोटो सहितको मतदाता नामावली संकलन गर्ने भएको छ । मतदाता नामावलीमा कोही नछुटुन,कोही नदोहोरिन मतदाता नामावली संकलन गरिने भएका गुरुङले जानकारी दिए ।

Advertisement

सरोकारवालासँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै निर्वाचन कार्यालयका अधिकारी गुरुङले ११ वटा स्थानीय तहको केन्द्रमा पुगेर दुई चरणमा मतदाता नामावली संकलन गरिने बताए । पहिलो चरणमा छ स्थानीय तह र दोस्रो तहमा पाँच स्थानीय तहहरुमा मतदाता नामावली संकलन गरिने छ ।

पहिलो चरणमा आगामी मंसिर १७ गतेदेखि २६ गतेसम्म ककनी गाउँपालिका, लिखु, शिवपुरी, किस्पाङ, दुप्चेश्वर र सुर्यगढीमा सञ्चालन हुनेछ । यस्तै, दोस्रो चरणमा बेलकोटगढी नगरपालिका, तारकेश्वर गाउँपालिका, पञ्चकन्या, म्यागङ र तादीमा मंसिर २८ देखि पुष ८ सम्म मतदाता नामावली संकलन कार्यक्रम सञ्चालन हुनेछ । जिल्ला प्रशासन कार्यालय र निर्वाचन कार्यालयमा मतदाता नामावली दर्ता भईरहेकाले विदुर नगरपालीकामा भने भने यो कार्यक्रम सञ्चालन हुने छैन ।

Advertisement

कार्यक्रममा नुवाकोटका प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले राजनैतिक दलका प्रतिनिधि तथा जनप्रतिनिधि लगायतलाई मतदाता नामावाली संकलनमा सहयोग गर्न आग्रह गरे ।

कार्यक्रममा सहभागि राजनीतिक दलका प्रतिनिधिहरुले एक स्थानीय तहमा एकठाँउमा मात्र केन्द्र राख्दा असहज हुने भएकाले केन्द्रलाई थप गर्न अनुरोध गरेका थिए ।

नामावली सङ्कलन अभियानमा १६ वर्ष उमेर पूरा गरी नेपाली नागरिकता प्राप्त गरेका सबै नागरिकहरुको मतदाता नामावलीको विवरण सङ्कलन कार्य हुनेछ भने निर्वाचन आयोगले तोकेको मितिमा १८ वर्ष पूरा गरेका नागरिकहरुको नाम मतदाता नामावलीमा समावेश गर्नेछ ।

प्रतिक्रिया