बागमती प्रदेश सभापतिमा पौडेल पक्षकै ७ जनाको दावी
नुवाकोट । नेपाली कांग्रेसको बागमती प्रदेश सभापतिमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबाट सात जनाले दावी गरेका छन् ।

१४ औं महाधिवेशन अन्तर्गत मंसिर १६–१७ गते हुने प्रदेश अधिवेशनमा पौडेल पक्षबाट मधु आचार्य, जगदीश्वर नरसिंह केसी, रमेश धमला, राजुराज जोशी, रामचन्द्र खड्का, रघुरमण न्यौपाने र रामचन्द्र अर्याल माइकलले प्रदेश सभापतिमा दावी गरेका छन् ।
आइतबार कांग्रेस नेता प्रकाशमान सिंहले सबै आकांक्षीसँग छलफल गरेका छन् । सभापतिका आकांक्षी धेरै भएपछि सहमतिमा एक जना उम्मेदवार छनोट गर्न छलफल गरिएपनि सबैले आफूलाई नै बलियो उम्मेदवारका रुपमा दावी गरेको एक नेताले बताए ।
नुवाकोट जिल्लाका पूर्वसभापति केसीले सहमतिको पहल भइरहेको बताए । ‘सबैको दावी हुनु स्वाभाविक हो । प्रदेश सभापतिमा दावी गर्ने सबै नेताहरु पूर्वजिल्ला सभापति नै हुनुहुन्छ,’ उनले भने, ‘बागमती प्रदेशका केन्द्रीय नेताहरु बसेर उम्मेदवार तय गर्ने कुरा भएको छ ।’
आइतबारको छलफलबाट साझा उम्मेदवार चयन सम्भव नभएपछि पौडेल पक्षका नेताहरुबीच सोमबार छलफल गर्ने तयारी रहेको बताइएको छ । वरिष्ठ नेता पौडेल, पूर्वमहामन्त्री सिंह, केन्द्रीय सदस्यहरु अर्जुननरसिंह केसी, डा. रामशरण महत, गगनकुमार थापालगायतका नेताले छलफल गरेर उम्मेदवार टुंगो लगाउने नेता केसीले बताए ।
संस्थापन समूहबाट बागमती प्रदेश सभापतिमा मकवानपुर जिल्ला सभापति इन्द्र बानियाँले तयारी गरेका छन् भने पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला समूहनिकट काठमाडौंका पूर्वसभापति भीमसेनदास प्रधानले उम्मेदवारी घोषणा गरिसकेका छन् । काठमाडौंमा प्रधान र संस्थापन समूहबीच अधिवेशनमा गठबन्धन भएको थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












अब दुई दिन सरकारी बिदा
नुवाकोटमा स्कुटर र्दुघटना हुँदा एक जनाको मृत्यु
रेग्मीको ‘अक्षरमा अनुभूति’ मुक्तक संग्रह लोकार्पण
कलाकार सागर लम्साल (बले) पक्राउ
आज धेरै ठाउँमा हावाहुरीको सम्भावना





प्रतिक्रिया