कांगेस नुवाकोट अधिवेशन : डा. केसीको प्रारम्भिक अग्रता

विदुर खबर २०७८ मंसिर ११ गते ८:३१

नुवाकोट । नेपाली कांग्रेस नुवाकोटको नयाँ नेतृत्वको लागि भएको निर्वाचनको मतगणना जारी छ ।

Advertisement

हालसम्म २ सय ५ मत गन्दा सभापतिमा डा. केदारनरिसंह केसीले अग्रता लिएका छन् । अहिले केसीले एकसय मत प्राप्त गर्दा महतले ९५ मत प्राप्त गरेका छन् ।

शुरुको एकसय मत गणना गर्दा महतले अग्रता लिएपनि अहिले केसीले अग्रता लिएका हुन् । नुवाकोटमा रमेश कुमार महत र डा. केदार नरसिँह केसी सभापति रहेको दुई ओटा समूह निर्वाचनमा होमिएका छन ।

Advertisement

त्यस्तै उपसभापति पदको लागी सन्तमान तामांग ४८, राजु थापा ४६, उपेन्द्र कुँईकेल ४५, होम बहादुर तामांग ३०, ठाकुर जंग पाण्डेले ५ मत पाएका छन् । त्यस्तै सचिव २ पदको लागी बैकुण्ठ मिश्र ६१, श्रीराम श्रेष्ठ ४५, शिव प्रसाद दाहाल ३६, संकर पाण्डेले ३६ मत प्राप्त गरेका छन।

त्यस्तै सहसचिव २ पदको लागी उत्तम पाठक ५५, यादव प्रसाद नेपाल, ५१, झमक राज गुरुङ ३७, रुप बहादुर तामांग ३२, मत प्राप्त गरेका छन ।

Advertisement

प्रतिक्रिया