कांग्रेस नुवाकोट अधिवेशन : मतदान सम्पन्न, मतगणना हुँदै
विदुर खबर
२०७८ मंसिर ११ गते ७:३२
नुवाकोट । नयाँ नेतृत्व चयनको लागि नेपाली कांग्रेस नुवाकोटको मतदान सम्पन्न भएसँगै मतगणना शुरु गरिएको छ ।

शुक्रवार साँझ झण्डै ५ बजेबाट शुरु भएको मतदान राती १२ बजे सम्पन्न भएको थियो । मतदानमा कुल एकहजार ७ सय ४७ मत खसेको निर्वाचन समितिले जनाएको छ ।
मतदानमा २१ जना अनुपस्थित भएका थिए । निर्वाचन समितिका अनुसार नुवाकोट क्षेत्र नम्बर १ को (क) मा ४ सय ६२ र (ख) मा ४ सय ५७ मत खसेको थियो । यस्तै क्षेत्र नम्बर २ को (क) मा ४ सय १८ र (ख) मा ४ सय १०मत खसेको थियो ।
यसैबिच शुक्रवार साँझ भएको मतदानको मतगणना शुरु गरिएको छ । केहीवेर अघिबाट शुरु गरिएको मतगणनाको प्रारम्भीक नतिजामा सभापतिमा रमेश महतले अग्रता लिएका छन् ।
करिव एकसय कत गणना हुँदा महतले ८ मतले अग्रता लिएका छन् ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












किस्पाङका कृषकहरूलाई ५० प्रतिशत अनुदानमा दुहुनो गाई भैंसी वितरण
ब्लड डोनर्स एसोसिएसन नुवाकोटको रत्तदान कार्यक्रम सम्पन्न
नुवाकोटको तारकेश्वरका विक्रम थापा मगर पक्राउ
लाङटाङमा रोपिएको स्याउ सप्रिएपछि गाउँले खुशी
रास्वपा नुवाकोटको सभापतिमा रामेश्वर गजुरेल निर्वाचित





प्रतिक्रिया