कांग्रेस नुवाकोट अधिवेशन : मतदान सम्पन्न, मतगणना हुँदै

विदुर खबर २०७८ मंसिर ११ गते ७:३२

नुवाकोट । नयाँ नेतृत्व चयनको लागि नेपाली कांग्रेस नुवाकोटको मतदान सम्पन्न भएसँगै मतगणना शुरु गरिएको छ ।

Advertisement

शुक्रवार साँझ झण्डै ५ बजेबाट शुरु भएको मतदान राती १२ बजे सम्पन्न भएको थियो । मतदानमा कुल एकहजार ७ सय ४७ मत खसेको निर्वाचन समितिले जनाएको छ ।

मतदानमा २१ जना अनुपस्थित भएका थिए । निर्वाचन समितिका अनुसार नुवाकोट क्षेत्र नम्बर १ को (क) मा ४ सय ६२ र (ख) मा ४ सय ५७ मत खसेको थियो । यस्तै क्षेत्र नम्बर २ को (क) मा ४ सय १८ र (ख) मा ४ सय १०मत खसेको थियो ।

Advertisement

यसैबिच शुक्रवार साँझ भएको मतदानको मतगणना शुरु गरिएको छ । केहीवेर अघिबाट शुरु गरिएको मतगणनाको प्रारम्भीक नतिजामा सभापतिमा रमेश महतले अग्रता लिएका छन् ।

करिव एकसय कत गणना हुँदा महतले ८ मतले अग्रता लिएका छन् ।

Advertisement

प्रतिक्रिया