सिभिल इञ्जिनीयरिङ शुरु गर्न दशैं महोत्सव

नुवाकोट, जिल्लाको सबैभन्दा पुरानो विद्यालय त्रिभुवन त्रिशूली माध्यामिक विद्यालयले सिभिल इञ्जिनीयररिङ कक्षा सञ्चालनका लागि आवश्यक आर्थिक स्रोत जुटाउन आगामी असोज २२–३० गते ‘नुवाकोट दशैं महोत्सव’ आयोजना गर्ने भएको छ ।
विदुर–१स्थित विद्यालयले शुरु गर्न लागेको इन्जिनियरिङ विषयको पठनपाठन सञ्चालन गर्नका लागि आवश्यक रकम जुटाउन महोत्सव आयोजना गर्न लागिएको विद्यालय व्यवस्थापन समतिका अध्यक्ष नवीन्द्रमान प्रधानले बताउनुभयो ।
विद्यालयलाई आफ्नै स्रोतबाट नयाँ विषयको पठनपाठन सञ्चालन गर्न कठिनाई भएकाले दशैं महोत्सव गरिने विद्यालय व्यवस्थापन समितिका सदस्य कुलबहादुर खड्गीले बताउनुभयो । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्(सिटिइभिटी)ले तीनवर्षे डिप्लोमा इन सिभिल इञ्जिनीयरिङ विषयको कक्षा सञ्चालन गर्न अनुमति दिइसकेकाले यसै वर्षदेखि पढाइ शुरु गरिएको विद्यालयका अध्यक्ष प्रधानले बताउनुभयो । एक शैक्षिक सत्रमा ४८ विद्यार्थीले पढ्न पाउने छन् ।
इञ्जिनीयरिङ विषय पढ्नका लागि विद्यार्थीलाई विगतमा अन्यत्र जानुपरेकाले अहिले जिल्लामै सञ्चालन भएपछि सहज भएको प्रधानाध्यापक महेन्द्र रावतले बताउनुभयो । छ सेमेस्टरका लागि सरकारले तोकेको प्रतिविद्यार्थी रु २ लाख मात्र शुल्क लिइने विद्यालयले जनाएको छ ।
सिभिल इञ्जिनीयरिङ कक्षाको पठनपाठनका लागि छुट्टै ब्लक निर्माणका साथ आवश्यक भौतिक पूर्वाधार निर्माण अन्तिम चरणमा पुगेको शिक्षक राजेन्द्र दवाडीले जानकारी दिनुभयो । विसं २००७ सालमा स्थापित मावि तत्कालीन पश्चिम १ नं नुवाकोट, धादिङ र रसुवाको पहिलो विद्यालय हो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














किस्पाङ गाउँपालिका अध्यक्ष सिंहदरबारबाटै पक्राउ
शवबाट गहना लुट्ने पाँच जना नुवाकोटबाट पक्राउ
एनआरएनएद्वारा नुवाकोट र रसुवाका बाढीपीडितलाई राहत
धादिङको जहरे सबस्टेसन मर्मतपछि पुनः सञ्चालनमा
आज हरितालिका (तीज) व्रत





प्रतिक्रिया