कांग्रेसको महाधिवेशन : नुवाकोट क्षेत्र नं २ मा जगत तामाङ विजयी

विदुर खबर २०७८ मंसिर ८ गते २०:०७

नुवाकोट । नेपाली कांग्रेसको १४ औँ महाधिवशेन अन्तर्गत नुवाकोटको क्षेत्र नं २ को क्षेत्रीय सभापतिमा जगतबहादुर तामाङ विजयी भएका छन ।

Advertisement

सोमबार सम्पन्न निर्वाचनको बुधवार बेलुकी सार्वजनिक नतिजा अनुसार क्षेत्र नम्बर २ को क्षेत्रयि सभापतिमा तामाङ विजयी भएका हुन । तामाङले उनको निकटतम प्रतिद्धन्द्धी मछिन्द्र प्याकुरेललाई पराजित गरेका हुन ।

तामाङले जित हासिल गरेपनि जितको औपचारिक घोषणा हुन बाँकी रहेको छ ।

Advertisement

विजयी भएका तामाङलाई नेपाली कांग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण महत, केन्द्रीय सदस्यहरु डा.रामशरण महत र बहादुरसिंह लामा (महत–लामा) समूहको समर्थन रहेको थियो भने प्याकुरेललाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसी, नुवाकोट कांग्रेसका सभापति जगदीश्वर नरसिंह केसीको समर्थन रहेको छ ।

प्रतिक्रिया