नुवाकोट क्षेत्र नम्बर २ मा जगत तामाङको अग्रता

विदुर खबर २०७८ मंसिर ८ गते १८:१२

नुवाकोट । नेपाली कांग्रेस नुवाकोट क्षेत्र नम्बर २ को मतगणना रोचक बनेको छ ।

Advertisement

मतगणनाको शुरुदेखि नै अग्रता लिएका सभापतिका उम्मेद्धवार मछिन्द्रनरसिंह प्याकुरेललाई अन्तिम एकसय मत गन्न बाँकी रहेका अवस्थामा जगत तामाङले उछिनेका छन् ।

शुरुदेखिनै अग्रता लिएका प्याकुरेलले अन्तिम समयमा मत ल्याउन नसक्दा तामाङले अग्रता लिएका छन् ।

Advertisement

यो समाचार तयार पार्दासम्म ७ सय २७ मत गन्दा जगत तामाङले ३ सय ३३ मत प्राप्त गर्दा प्याकुरेलले ३ सय ३० मत प्राप्त गरेका छन् । उनीहरुबीचके मतान्तर मात्र ३ रहेको छ ।

यस्तै सचिवमा ३ सय ६८ मत ल्याएर धुव्र ढकालले अग्रता लिएका छन् । दोस्रो स्थानमा रहेका उत्तर लामाले ३ सय २४ मत प्राप्त गरेका छन् ।

Advertisement

उनीहरुलाई नयनराज पाण्डे ३ सय १२ र राजकुमार आचार्यले २ सय ९१ मत ल्याएर पछाइरहेका छन् ।

अहिलेसम्म सर्वाधिक मत महिलातर्फ केन्द्रिय महाधिवेशन प्रतिनिधिका उम्मेद्धवार गिता अमात्यले ४ सय ५ मत प्राप्त गरेकी छिन् ।

प्रतिक्रिया