कांग्रेस महाधिवेशन: केन्द्रीय नेताहरू महाधिवेशन प्रतिनिधिको जोडघटाउमा
नुवाकोट । सर्लाही र रसुवा जिल्लाबाहेक प्रदेशसभा अधिवेशन सम्पन्न भएको जिल्लामा प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय अधिवेशन प्रक्रिया अघि बढेसँगै केन्द्रीय नेतृत्व लिने आकांक्षी नेताहरू महाधिवेशन प्रतिनिधिको जोडघटाउ गर्न थालेका छन् ।

हिजो सोमबार १ सय ६५ निर्वाचन क्षेत्रमध्ये रसुवा र सर्लाहीबाहेक प्रदेशसभा अधिवेशन सम्पन्न भएको अन्य जिल्लाको निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन शुरु भएको थियो । १७ वटा निर्वाचन क्षेत्रमा भने यसअघि नै क्षेत्रीय अधिवेशन भइसकेको छ । केन्द्रीय समिति निर्वाचित गर्ने महाधिवेशन प्रतिनिधि यही अधिवेशनबाट निर्वाचित भएर आउने भएकाले क्षेत्रीय अधिवेशनमा नेताहरूले विशेष ध्यान दिने गरेका छन् ।
केन्द्रदेखि गाउँ तहसम्म गुट–उपगुटमा विभाजित नेपाली कांग्रेसको क्षेत्रीय अधिवेशनमा पनि अधिकांश क्षेत्रमा गुटगत रूपमा प्यानल बनाएर नेताहरू निर्वाचनमा होमिएका छन् । यो अधिवेशनमा क्षेत्रीय सभापति र महाधिवेशन प्रतिनिधि चयनमा केन्द्रीय नेताहरूले विशेष ध्यान दिएका छन् ।
केन्द्रीय निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले सोमबार प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन प्रक्रिया अघि बढेको बताउँदै कतै निर्वाचन भएर मतगनणा शुरु भइसकेको छ र कतै निर्वाचन भइरहेको जानकारी निर्वाचन समितिलाई आएको बताउनुभयो । वडा अधिवेशन सम्पन्न भएको रसुवा जिल्लामा पालिका अधिवेशन गर्ने प्रक्रिया अघि बढेको छ भने अधिवेशन प्रक्रिया नै शुरु नभएको सर्लाही जिल्लामा भोलि बुधबारसम्म वडा अधिवेशन शुरु गर्ने तयारी निर्वाचन समितिले गरेको छ ।
केन्द्रीय निर्वाचन समितिका अनुसार सोमबार प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय अधिवेशन र एकमात्र निर्वाचन क्षेत्र रहेको जिल्ला अधिवेशन गर्ने कार्यतालिका थियो । यसअघि १५ वटा जिल्ला अधिवेशन सम्पन्न भइसकेको छ । क्षेत्रीय अधिवेशन सम्पन्न भएसँगै नेतृत्व हत्याउने रणनीतिमा लागेका नेताहरूले जोडघटाउको हिसाब राख्न थालेका छन् ।
मंसिर २४ देखि २६ सम्म हुने १४औं महाधिवेशनमा संस्थापन पक्षबाट सभापति शेरबहादुर देउवा पुनः नेतृत्व लिने रणनीतिमा छन् भने संस्थापनइतर पक्षबाट वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य डा. शेखर कोइराला आकांक्षी छन् ।
अघिल्लो महाधिवेशनमा संस्थापन पक्षमा रहेका उपसभापति विमलेन्द्र निधिले पनि सभापतिको उम्मेदवारी घोषणा गर्दै तयारी अघि बढाएका निधि आफ्नो गृह जिल्लाबाट निस्कन भने सक्नुभएको छैन । धनुषामा विवादका कारण आज नगर अधिवेशन गर्ने तयारी हुँदै छ । निधिको गृह जिल्ला धनुषामा क्षेत्रीय अधिवेशन कहिले हुन्छ भन्ने बारेमा अझै अनिश्चित छ ।
क्षेत्रीय अधिवेशनबाट बढीभन्दा बढी आफ्नो पक्षका महाधिवेशन प्रतिनिधि निर्वाचित गर्न ध्यान केन्द्रित गरिरहेका नेता कृष्णप्रसाद सिटौलाले पनि प्यानलसहित सभापतिको दाबी गर्ने बताउँदै आउनुभएको छ ।
संस्थापनइतर समूहको १४औं महाधिवेशनमा सभापतिका लागि एकमात्र साझा उम्मेदवार बनाउने कसरत सफल हुन सकेको छैन । सस्थापनइतर समूहले एकमात्र साझा उम्मेदवार घोषणा गर्न नसक्दा तल्लो तहमा थप उपगुट बनिरहेको छ । देउवा, पौडेल र सिटौला तीन गुट रहेको कांग्रेसभित्र अहिले निधिसमेतको गुट मजबुत हुँदै गएको छ ।
आसन्न महाधिवेशनमा सभापतिको साझा उम्मेदवार बन्न नसक्दा प्रभावशाली नेताहरू सिंह र कोइरालालगायतका थप उपगुट पनि तल्लो तहसम्म फैलँदै गएको छ ।
यसअघि अधिवेशन सम्पन्न भएको १७ निर्वाचन क्षेत्रबाट आएका ४ सय २५ जना र १५ जिल्ला सभापतिसहित ४ सय ४० जना महाधिवेशन प्रतिनिधिमध्ये संस्थापन समूहले आफ्नो पक्षको बढी भएको दाबी गर्दै सचिवालयमा हिसाब राखेको छ । हिजो सम्पन्न क्षेत्रीय अधिवेशनको नतिजा पर्खिरहेका शीर्ष नेताहरूले आ–आफ्नो सम्पर्क कार्यालयमा राखिएको सहयोगीमार्फत महाधिवेशन प्रतिनिधिको जोडघटाउ गरिरहेका छन् ।प्रतिक्रिया दिनुहोस्
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












फेरि ह्वात्तै बढ्यो पेट्रोलियम पदार्थको मूल्य, कति पुग्यो ?
युनाइटेड आधारभुत विद्यालयलाई लुम्बिनी विकास बैंकको डेक्स बेन्च सहयोग
चुनावमा पछारिइसक्यौं, अब अहंकार त्यागेर मिलौं : गुरुङ
खेलकुद क्षेत्रलाई हेर्ने दृष्टिकोण परिवर्तन हुनु आवश्यक छ : लामिछाने
चट्याङबाट क्षति पुगेको रसुवाको विद्युत् सेवा सञ्चालनमा





प्रतिक्रिया