कांग्रेसको केन्द्रिय महाधिवेशन प्रतिनिधिमा श्रेष्ठद्धारा स्वतन्त्र उम्मेद्धवारी घोषणा
नुवाकोट । नेपाली कांग्रेसका युवा नेता शैलेस श्रेष्ठले केन्द्रिय महाधिवेशन प्रतिनिधिमा स्वतन्त्र रुपमा उम्मेद्धवारी घोषणा गरेका छन् ।
आइर्तवार दिउँसो विदुर खबरसँग कु्रा गर्दे श्रेष्ठले केन्द्रिय महाधिवेशन प्रतिनिधिमा स्वतन्त्र रुपमा उम्मेद्धवारी दिएको बताएका हुन् ।
नुवाकोटको लिखु गाउँपालिका वडा नम्बर ४ चौघडा घर भएका श्रेष्ठले नुवाकोट क्षेत्र नम्वर १ बाट महाधिवेशन प्रतिनिधि दावी गरेका हुन् ।
कांग्रेसको तरुण दलका युवा नेता समेत रहेका श्रेष्ठले राजनितिसँगै समाजसेवामा समेत हात अघि बढाएका छन् । उनले कांग्रेसको राजनितिमा युवापुस्तालाई उपेक्षा गरेको भन्दै युवाको सवाल र सरोकार तथा मागलाई युवाले नै मात्र सम्बोधन गर्न सक्ने बताए ।
उनले पार्टीमा बृद्धहरुको जमात रहेको र युवालाई अवसर प्राप्त नभएकोले युवाहरुमा पार्टीप्रति त्यति आकर्षण नबढेको बताए । पार्टीमा युवालाई आकर्षित गर्न युवाको सरोकार र मागलाई सम्बोधन गर्नुपर्ने उनले बताए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया