नुवाकोट क्षेत्र नम्बर २ को प्रदेश (ख) मा गणेश तामाङको प्यानलनै विजयी

विदुर खबर २०७८ मंसिर ४ गते १६:०३

नुवाकोट । नुवाकोट क्षेत्र नम्बर २ को प्रदेश (ख) मा सभापतिमा गणेश तामाङ नेतृत्वको प्यानल नै निर्वाचित भएको छ ।

Advertisement

शनिवार दिउँसो सम्पन्न भएको मतगणनामा आफ्ना निकटतम प्रतिद्धन्दी आतमसिं तामाङलाई पराजित गर्दै गणेश तामाङको प्यानलनै विजयी भएको हो । सभापतिमा विजयी भएका गणेश तामाङले २ सय ४२ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्धन्दी आमतसिं तामाङले एकसय ५२ मत प्राप्त गरे ।

यस्तै उप–सभापतिमा लालवहादुर तामाङ र झंकप्रसाद भट्ट विजयी भएका छन् । लालवहादुरले २ सय ४६ मत प्राप्त गर्दा भट्टले २ सय ३८ मत पाएर विजयी भए ।

Advertisement

त्यस्तै सचिवमा विजयी तामाङ र सुर्यमान तामाङ विजयी भएका छन् । विजयले २ सय ४७ र सुर्यमानले २ सय २७ मत प्राप्त गरे । सहिसचिवमा विजयी भएका बुद्धिराज तामाङले २ सय ५२ मत प्राप्त गर्दा शिवप्रसाद नेपालले २ सय २९ मत प्राप्त गरे ।

यस्तै खुल्ला प्रदेश प्रतिनिधिमा सबैभन्दा बढी २ सय ७५ मत ल्याएर किस्पाङ गाउँपालिकाका अध्यक्ष समेत रहेका छत्रवहादुर लामा विजयी भएको निर्वाचन अधिकृत विष्णुबहादुर भुजेलले जानकारी दिए ।

Advertisement

खुल्ला प्रदेश प्रतिनिधिमा विजयी भएका अन्यमा अर्जुन अधिकारी, अशोक तामाङ, किशोर बोगटी, रत्न मानन्धर, रविन तामाङ र विराज तामाङ रहेका छन् । प्रदेश प्रतिनिधिमा खुल्ला महिलामा देविमाया तामाङ, मोतीमाया तामाङ, सरस्वती फुयाल रहेका छन् ।

यस्तै खुल्ला खस आर्य पुरुषमा निम वहादुर अधिकारी र खुल्ला खस आर्य महिलामा भवानी पन्त विजयी भएका छन् । त्यस्तै आदीवासी जनजाती महिलामा सोमती तामाङ र सोनी तामाङ विजयी भएका छन् ।

यस्तै आदीवासी जनजाती पुरुषमा श्याम वहादुर गुरुङ र सुप्पल गुरुङ निर्वाचित भएका छन् । त्यस्तै दलित सदस्यमा सुनिता परियार र अल्पसंख्यकमा चन्दन घले विजयी भएका छन् ।

प्रतिक्रिया