नुवाकोटको तारकेश्वर २ मा जसपाको कार्यसमिति गठन

विदुर खबर २०७८ कार्तिक २९ गते २०:५८

नुवाकोट । तारकेश्वर गाउँपालिका वडा नम्बर २ मा जनता समाजवादी पार्टीको नयाँ कार्यसमिति गठन गरिएको छ ।

Advertisement

सोमबार बसेको प्रथम भेलाले रामजी आले मगरको अध्यक्षतामा २५ सदस्यीय कार्यसमिति गठन गरेको जसपाका केन्द्रीय परिषद् सदस्य तथा सुज अभियान क्षेत्र २ का संयोजक राजन बलमे जानकारी दिए ।

कमिटिको उपाध्यक्षमा बिष्णु प्रसाद सिग्देल र सरस्वती अधिकारी चयन भएका छन् । यस्तै सचिवमा प्रशान्त सिग्देल , सह—सचिवमा राजकुमार श्रेष्ठ, सुदिप ढुङ्गाना, कोषाध्यक्षमा रमण श्रेष्ठ र सह—कोषाध्यक्ष रामराजा श्रेष्ठ चयन भएका छन् ।

Advertisement

यस्तै कमिटिका सदस्यहरुमासिता अछामी, सुवाष अछामी ,सावित्री अधिकारी, राजन दाहाल, मिना श्रेष्ठ, सन्दिप ढुङ्गाना, सन्तोष अधिकारी, कुशल सिग्देल,बिष्णुबहादुर माझी लगायत रहेका छन् ।

प्रतिक्रिया