सामुदायिक विकास बहुउद्देश्यीय सहकारी सस्थाको प्रथम अधिवेशन सम्पन्न
नुवाकोट ।सामुदायिक विकास बहुउद्देश्यीय सहकारी सस्था लिमिटेडको प्रथम वार्षिक साधारणसभा तथा अधिवेशन सम्पन्न भएको छ ।

अधिबेशनले बिष्णुराज नेपालकाे अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरेकाे छ । समितिकाे उपाध्यक्षमा सम्झना सेढाई, केशब नेउपाने, सचिबमा गाेकर्ण राज ढकाल, सहसचिबमा राजकुमार श्रेष्ठ र काेषाध्यक्षमा दिपा ढुङ्गेल तिवारी चयन हुनुभएको छ । यस्तै सदस्यहरुमा रामशरण मिजार, देबकुमारी श्रेष्ठ, देबकी पौडेल, राजु अाचार्य र शिभराम गौतम चयन हुनुभएको छ ।
सहकारीकाे साधरणसभालाई उद्घाटन गर्नुहुदै नेपाली काङ्ग्रेसको केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य बहादुरसिम्ह लामा तामाङले हरेक ठाउँमा सहकारीको स्थापना हुनुले अार्थिक विकासमा टेवा पुग्ने बताउनु भएको छ ।

साथै उहाले छरिएर रहेकाे पुजीलाई सङ्कलन गरि स्थानीय नागरिकलाई प्रत्यक्ष लाभ हुने गरि लगानी गर्न अाग्रह गर्नुभएको छ । बिदुर नगरपालिका वडा नम्बर २ बिदुरमा कार्यलय रहेकाे सहकारीले हाल नुवाकोट र रसुवामा कार्य क्षेत्र बनाउदै अाएकाेमा अब बागमती प्रदेश भरि कार्य क्षेत्र बनाइने सहकारिकाे अध्यक्ष बिष्णुराज नेपालले जानकारी दिनुभएको छ ।
ग्रामिण समुदायमा अार्थिक ससक्तिकरण गर्ने, महिला सहभागीता बढाउने सहकारीको याेजना रहेकाे उहाले बताउनु भएको छ । सहकारिमा हाल १ सय ६३ जना सेयर सदस्यहरु रहेका छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













स्वर्गीय नन्द कुमारीको स्मृतिमा भूमेदेवीलाई सहयोग
बागमती प्रदेशको बजेट खर्च निराशाजनक
शेरा दरबारको हडपिएको १६४ रोपनी जग्गा फिर्ता गराउन खोज्दा धम्की
नुवाकोटमा यू–१४ फुटबल प्रतियोगिता सुरु हुँदै
बट्टारबाट लागुऔषध सहित २ जना पक्राउ





प्रतिक्रिया